चितवन, ४ जेठ
चितवनमा चट्याङ लागेर मंगलबार दुई जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।chatyang
हावा हुरी र पानीसँगै परेको चट्याङ लागेर राप्ती नगरपालिका १२ का २१ वर्षीय कमल पुन र मकवानपुर फापरबारीका ३५ वर्षीय मानबहादुर तामाङको मृत्यु भएको हो ।

तामाङलाई राप्ती नगरपालिका ८ गैडाढापमा खेत खनिरहेका बेला चट्याङ लागेको थियो । तामाङको उपचारका लागि अस्पताल लैजाँदै गर्दा र पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

साथै गैडाढापमा नै काम गरिरहेका राप्ती९८ डडुवाका १९ वर्षीय प्रकाश परियार र १८ वर्षीय सुरेश परियार घाइते भएका छन् । उनीहरु दुबैलाई उपचारका लागि भरतपुर ल्याइएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।।