एकिकृत नेकपा माओवादी निकट योङ्ग कम्युनिष्ट लिग वाईसिएल दाङले ग्वार खोलामा भईरहेको अबैध गिटटी बालुवा र रोडा निकासीमा संलग्न केही गाडीहरुलाई नियणत्रणमा लिएको छ ।
वाइसियलले चावि बुझाएका गाडीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा ल्याउने प्रयास भइरहेको प्रहरी निरिक्षक खुमानन्द पाण्डेले जानकारी दिनुभएको छ ।
ती गाडीहरुलाई भोलि जिल्ला विकास समितिमा बुझाउने डिएसपी कृष्ण प्रसाईले बताउनु भयो ।