इन्द्रेणी संवाददाता
तुलसीपुर, ४ जेठ ।
तुलसीपुर नगर जेसिसले सप्ताहब्यापी कार्यक्रम अन्र्तगत मंगलबार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । मावि सेन्टर तुलसीपुरमा एक कार्यक्रको आयोजना गरी जेसिसले विभिन्न सातवटा विद्यालयमा अध्ययनरत ६६ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरेको हो ।ssssssssss
कमजोर आर्थिक अवस्था भएका वालवालिकाहरुको शिक्षामा सहयोग पु¥याउने उद्देश्यले झोला, कापी, कलम, ज्यामिति बक्स लगायतका सामाग्रहरुहरु गरी साढे पाँच लाख बराबरको शैक्षिक सामग्र्र वितरण गरिएको जेसिसका महासचिव मेघराज घिमिरेले जानकारी दिनुभयो ।

जेसिसले सप्ताव्यापी कार्यक्रमका अवसरमा प्रावि खर्चवा, निमावि दोघरे, मावि सेन्टर, ज्ञानज्योति प्रावि र मावि वालापुरका १०÷१० जना, प्रावि श्रीगैका ११ जना र पैmजाने प्राविका पाँच जना गरी ५६ जना वालवालिकालाई शैक्षिक सामग्री बितरण गरेको हो । जेसिसका अध्यक्ष शुर्यप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिएका थिए ।

विमल मोवाइल सेन्टर, राप्ती स्टेशनरी, डिभाइन टेम्पल एकाडेमी र शारदा विद्यामन्दिरको सहयोगमा शैक्षिक सामग्री वितरण गरिएको जेसिसले जनाएको छ । सप्ताहब्यापी कार्यक्रम अन्र्तगत आज बुधबार जेसिस इन द क्लास रुम अर्थात कक्षा कोठामा जेसिस कार्यक्रम गरिने मुल समितिका संयोजक भुपेश भण्डारीले जानकारी दिनुभएको छ ।।