दीपबहादुर घर्ती
जाजरकोट, ४ जेठ ।
जिल्ला विकास समिति जाजरकोटको आयोजनामा गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा जाहेर गरिएका प्रतिवद्धताहरु कार्यन्वयनमा घरेलु तथा साना उद्योग विकास समिति पहिलो भएको छ । जिल्ला विकास समितिको आयोजनामा चालु आर्थिक वर्षको दोश्रो चौमासिकमा गरिएको सार्वजनिक सुनुवाईमा जाहेर गरिएका प्रतिवद्धताहरु कार्यन्वयनमा घरेलु विकास समिति पहिलो भएको हो ।
जिल्ला विकास समितिको आयोजनामा गत फागुन २५ गते दशेरा गाविसको थलहमा गरिएको सार्वजनिक सुनुवाईमा जाहेर गरिएका प्रतिवद्धताहरु कार्यन्वयन गर्न समितिले फागुन २६, २७ र २८ गते दशेराको थलहमा घुम्ती शिवीर सञ्चालन गरी १५ वटा होटल, एक औषधी पसल र ४४ वटा अन्य व्यापार व्यवसाय पसल दर्ता गरेको कार्यालयको दर्ता रेर्कड फाईलमा देखिएको छ ।
उक्त सार्वजनिक सुनुवाईमा उठेका सवालहरुको कार्यन्वयनमा घरेलु तथा साना उद्योग विकास समिति पहिलो भएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले वताउनुभयो । साथै प्रजिअ गौतमले गाविसवाट प्रदान गरिने वस्तु तथा सेवा प्रवाहवारे गाविसले पनि हरेक चौमासिकमा गर्नु पर्ने सार्वजनि सुनुवाई नभएकोमा चिन्ता व्यक्त गरेका छन् ।
त्यसैगरी सार्वजनिक सुनुवाईको मुख्य आयोजकको रुपमा रहेको जिल्ला विकास समितिले नै सुनुवाईमा उठेका सवालहरुको चित्तवुझ्दो कार्यन्वयन गर्न नसकेको भन्दै चौतर्फी टिप्पनीहरु हुन थालेका छन् । जिविसले गाविस मार्फत सार्वजनिक गर्ने भनिएको कार्यतालिका सार्वजनिक नगरिको अवस्था देखिएको छ भने, विकास निर्माणका आयोजनाहरुको अनुगमन तथा मुल्याङ्कणको लागि चार वटा अनुगमन उपसमिति गठन गरी अनुगमन भई रहेको स्थानिय विकास अधिकारी इन्द्र गौतमले जानकारी दिनुभयो । अनुगमन उपसमितिको कार्यसम्पादनमा एकरुपता कायम गर्न वस्तु तथा सेवा प्रवाहको मुल्याङ्कन फाराम निर्माण गरि फिल्डमा गएको अनुगमन उपसमितिलाई वितरण गरिएको अधिकारी गौतमले वताउनुभयो ।।