इन्द्रेणी संवाददाता
दाङ, ४ जेठ
नेपाल दलित संघ दाङको संयोजकको जिम्मेवारी खेमराज विश्वकर्मालाई दिईएको छ । नेपाल दलित संघको केन्द्रिय कार्यसमितिले विश्वकर्मालाई संयोजकको जिम्मेवारी दिएको हो । संघको जिल्ला कार्यसमिति लामो समयदेखी अध्यक्ष विहीन भएको थियो ।feature

संघको विधानको धारा ११ को उपधारा ४ (ञ) बमोजिम तदर्थ समिति गठन गर्नुपर्ने भएकाले विश्वकर्मालाई जिल्ला संयोजकको जिम्मेवारी दिएको पत्र पठाएको छ ।

पत्रमा केन्द्रिय सदस्य, पदाधिकारी, कांग्रेस जिल्ला समितिसँग समन्वय गरि तदर्थ समिति गठन गरि १५ दिनभित्र जानकारी गराउन पनि भनिएको छ ।

घोराही ४ चौघेरा निवासी विश्वकर्मा लामो समयदेखी दलितको क्षेत्रमा काम गर्दै आउनुभएको छ । संघको केन्द्रिय कार्यसमितिले नेपाली कांग्रेस जिल्ला कार्यसमितिलाई पनि बोधार्थ पत्र पठाएको छ ।।