दीपबहादुर घर्ती
जाजरकोट, ५ जेठ ।
जिल्लामा विश्व लोपोन्मुख हाडफोर गिद्धको गुँड फेला परेको छ । पूर्वी रग्दा गाँउ विकास समितिको तल्लुभीरमा हाडफोर गिद्धको गुँड फेला परेको हो । स्थानियले दिएको सुचनाको आधारमा हेर्न जाँदा हाडफोर गिद्धको गुँड रहेको जिल्ला पशुसेवा कार्यालयका प्राविधिक सहायक गोविन्द सिहले बताए । उनले यो गिद्ध विश्वमै लोप हुने अवस्थामा रहेको बताउनुभयो ।gi

हँडफोर गिद्धलाई स्थानियले हाडे गिद्ध भनेर चिन्ने गरेका छन् । प्रकृतिको कुचिकारको रुपमा लिईने यो गिद्धले सिनोका बचेका हड्डी खाने गर्दछ ।

राष्ट्रिय पंक्षि संरक्षण संघका सदस्य समेत रहेका प्राविधिक सहायक सिहले रग्दा गाविसका तल्लुगाँउ, बानियागाँउ, ध्यारगाँउ र रावतगाँउका जंगलमा खोजतलास गर्दा हिमाली गिद्धका ८ ओटा पुरानो र ११ ओटा बच्चाभएका गुड भेटाएको उहााले वताउनुभयो ।

जिल्लाका विभिन्न जंगलमा लोपोन्मुख विभिन्न प्रजातिका गिद्धहरुको बासस्थान रहेको उनले बताए । विश्मै लोप हुन थालेका गिद्धको संरक्षणको लागी सरोकारवालाहरुले समयमा आवश्यक पहल गर्नु पर्ने सिहको भनाई छ ।।