- इन्द्रेणी संवाददता
दाङ, ५ जेठ
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ दाङको पूर्ण सरसफाई अभियान अन्तरगत जिल्लाको बाघमारे र गोबरडिहा गाविसमा विद्यालय सचेतना कार्यक्रम सम्पन्न भएको छ । गाविसमा रहेका ७ विद्यालयमा कार्यक्रम भएको थियो ।
बाघमारे गाविसको जनकल्याण उमावि सिमसुन्दरपुर, शिव प्रावि शिवरातिपोखरी र विरेन्द्र मावि खिलतपुर तथा गोवरडिहा गाविसको जनता मावि कालाकाटे, जनमुखी निमावि चिसापानी, निमावि बनघुस्री र रात्रि प्रावि पचहियामा विद्यालय सचेतना कार्यक्रम भएको महासंघले बताएको छ ।
विद्यालयका विद्यार्थी, बालक्लब, शिक्षकहरु, विद्यालय व्यवस्थापन समिति, अभिभावक संघ लगायतका पदाधिकारीहरुलाई पूर्ण सरसफाई सम्वन्धी अभिमुखीकरण गरिएको थियो । साथै प्रत्यक विद्यालयमा दैनिक सरसफाई कार्य योजना पनि निर्माण गरिएको महासंघले जानकारी दिएको छ ।।