गिरिराज नेपाली
घोराही । कानुनले जातिय छुवाछुतलाई कानुनी रुपमा निषेध गरे पनि दलितमाथि अझै जातिय छुवाछुुत र विभेदका घटनाहरु रोकिएका छैनन । घोराहीमा लोमा समयदेखि कोठा भाडामा वस्दै आएका एक दलित दम्पत्तिमाथि घरवेटीले दलित हौ भन्दै घरवाट निकाल्दिएका हुन् । शनिवार घोराही १० त्रिपुरा टोलका घरवेटी ताराप्रसाद रेग्मीले घरभाडामा वस्दै आएका हरिप्रसाद परियार ‘कार्की’ र मेनका परियार कार्कीलाई घरवेटीले रेग्मीले कोठाबाट निकालिदिएका हुन ।

photo-28शनिवार दिउँसो रेग्मीका घरमा पिडित दम्पत्तिहरुले कोठाका भाँडाकुडा र लत्ताकपडा सारेर साँझ करिव साढे ५ वजे घरधनी रेग्मीले पिडित परिवारलाई ‘दतिल हौ ।’ भन्दै अन्यत्र कोठामा सार्ने दवाव दिई कोठाका सर–सामाना वाहिर निकाल्दिएको पिडित मेनका परियारले बताइन् । आफुहरुलाई शनिवार कोठा सार्न रेग्मीले भने , हामीले पनि दिउँसो कोठा सा¥यौ । तर साँझ घरधनि रेग्मीले दलित लाई मैले कोठा दिन्न भनेपछि हामीले रातिमा अन्यत्र कोठाको वन्दोवस्त गरी सामान राख्यौ’, पिडित मेनकाले भनिन्, ‘एक रात वस्न दिनुस् , भोली कोठा सार्छाै भन्दा समेत घरधनिले हामील लाई दलितहरु भन्दै गाली वेजती गरेका आरोप छ ।

रेग्मी र पिडित दम्पत्तिको सहमतिका मासिक तिन हजार रुपैयाँको दरले घरभाडामा वस्ने सहमति भएको पिडित परिवारको भनाई छ । मेनका श्रीमान हरिप्रसाद परियारले हामी लाई जातकै आधारमा घरधनी रेग्मीले गाली गलोच गरी अपशव्द प्रयोग गरे । उनले भनिन ‘तिमिहरु दलित हौ । मेरो घरमा कर्मकाण्ड गरेको छैन ।’
वुढी वितेको अझै ४५ दिन पुगेको छैन । कसरी दलित लाई कोठामा वस्न दिने भन्दै कोठाका सामान वाहिर निकाल भन्दै तथानाम गाली गरे । सामान सवै वाहिर सारे रातीमा हामीले अरुको घरमा सामान राख्यौ । उनले पुनः भने ‘दलित लाई हामी लाई वस्न दिएका छैनौ । तिमीहरु प्नि दलित नै रहेछौ अन्यत्र कोठामा जाऔ भनि उनले हामीलाई घरवाट निकाल्दिए । उनले भने के हामीले दलित भएकै कारण अपमान र घृणा सहनुपर्ने हो ।

कोठा वस्न नपाउने हो ? मुलुकले जातिय छुवाछुत र विभेद भए पनि समाज अझै दलितहरु माथि अन्याय र विभेदका घटनाहरु भइनै रहेका छन । कतै धर्म जोडिएका छन । भने कतै वोक्सी जस्ता कुसंस्कारी विचारका कारण दलित समुदाय अझै जातिय विभेदको शिकार वन्नुपर्ने वाध्यता छ । जातियका लागि सडकदेखि सदनसम्म चर्का नारा र संघर्ष पनि नभएका होइन । तर जुन विचार राजनितिक आस्थामा मात्र सिमित छ ।

अधिकाश दलितमाथि धर्मका कारण जातिय विभेदका घटनाहरु खुल्याम हुने गरेका छन । तर नियमनकारी निकायसम्म अझै दलित समुदायमा हुने गरेका जातिय विभेदका उजुरीहरु पर्न सकेका छैन । त्यसैले पनि दलित समुदाय जातिय विभेदको शिकार खेप्दै जानु पर्ने वाध्यता छ