मलेसिया, २९ कार्तिक । वाध्यताले विदेशीएकाहरुले पनि आफ्नो संस्कृति विर्सेका छैनन् । रोजगारीका लागि मलेसिया पुगेका नेपालीहरुले पाखुरा बजाउदै काम गरे पनि फुर्सदको समयमा जम्मा भएर विभिन्न कार्यक्रम गरी आफ्नो संस्कृतिलाई सम्झने गरेका छन् । रमाइलो गरेका छन् अनि विदेशमा भएर पनि आफ्नो संस्कृति जगेर्नमा जुटेका छन् ।

15058611_1251977204865616_21352815_nविशेष गरी दशै तिहारमा उनीहरुले विभिन्न संस्कृतिक कार्यक्रमको आयोजना गरी आफ्नो प्रतिभालाई वाहिर ल्याउनका साथै विविध क्षमिताको विकास गर्ने गरेका छन् । वाध्यताले विदेशमा रहेपनि आफूहरुको नेपाली पन संस्कृतिको माया धड्कन बनिरहेको लामो समयदेखि मलेसियामा बस्दै आएको शिव पराजुलीले बताए । ‘विेशिनु एउटा वाध्यता हो, तर यसो हुँदा हुदैपनि हाम्रो संस्कृति जहाँ भए पनि हाम्रो धड्कन हो’, उनले भने ।
यसो त त्यहाँ रहेका नेपालीहरुको हक हितको लागि आवाज उठाउन र त्यस्तै कार्यक्रम गरेर संस्कृति उजागर गर्नका लागि त्यहाँ रहेका नेपाली दाजुभाइलाई समेटेर नेपाली समाज पिटीपी कमिटी गठन गरिएको छ ।

जसको अध्यक्षमा सुरेन्द्र झा (महोतरी), उपाध्यक्षमा ओम कान्त धमला (मोरंग) र राजेश सहानी (पर्सा), सचिवमा मात्रिका न्यौपाने(मोरङ), सहसचिवमा जीवन केसी (दाङ), कोषाध्यक्षमा देब खबास (रुपन्देही) र सहकोषाध्यक्षमा शरद केसी –दाङ) रहेका छन् ।

त्यस्तै सदस्यहरुमा सोनुकुमार गुप्ता (बारा), नरेस सापकोटा –झापा), हरी रिजाल(झापा) नरेस खवास (मोरंग), भीम केसी (दाङ), अक्षयलाल कुशवाह(बारा), दिपक लामा –झापा), जंगबहादुर तामाङ (मोरंग), लोकेन्द्र खड्का(मोरंग), कुन्दन आमात्य(मोरंग), थलबहादुर रोका. (सल्यान), मानबहादुर भंण्डारी (खोटांङ्), बिस्णु भुर्तेल (मोरंग), डबल ताम्राकार . (डोटी), बिक्रम बोगटी (कैलाली), अग्नि आचार्य (मोरंग), बुधेस्वर साह (सप्तरी), रामबहादुर साह (आछाम), सर्बजित गाह मगर (नबलपरासी), चेतबहादुर देबकोटा(सल्यान), तिलक जैसी (रुकुम), नीरजकुमार साह (धनुषा), गजेन्द्र रजक (सप्तरी), कल्पना गौतम –झापा), बिष्णु थारु (नवलपरासी) र श्रबनकुमार यादब (सप्तरी) रहेका छन् ।

15033616_1251977211532282_1538768899_nसंस्थाका उद्धेश्य अरु केही नभइ प्रवासी नेपालीहरुको हक हित र सहयोग सुरक्षाको निम्ति रहेको अध्यक्ष शुरेन्द्र झाले बताए । चाड पर्वको अवसर पारेर समाजले खेलकुद कार्यक्रम, साहित्यक कार्यक्रम गरेको थियो ।