काठमाडौं, २९ कार्तिक । पूर्वसांसद मधुसूदन अग्रवाल औषधिजन्य कच्चा पदार्थ स्युडोएफिडिन तस्करीमा मुछिएका छन् । उनी सञ्चालक रहेको टौरस र एसआर फर्माका नाममा भित्रिएको ४० करोड रुपैयाँबराबरको औषधिजन्य कच्चा पदार्थ स्युडोएफिडिन त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बरामद भएपछि अगैवाल तस्करीमा मुछिएका हुन् ।

f8194a733b05747463fc1cf690a2b54aविमानस्थल भन्सार कार्यालय र नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो (एनसीबी) को संयुक्त टोलीले स्विटजरल्यान्डबाट भित्रिएको ६ सय किलो स्युडोएफिडिन नियन्त्रणमा लिएको हो ।

आफ्नो कम्पनीले झिकाएको सामान प्रहरी र भन्सारले जफत गरेपछि यसका सञ्चालकद्वय मधुसूदन अग्रवाल र अमित अग्रवाल फरार छन् । औषधि बनाउने बहानामा विदेशबाट भित्र्याइएको स्युडो तस्करीमा जोडिएपछि उनीहरू फरार भएको हुन सक्ने ब्युरोले जनाएको छ ।

ब्युरोका अनुसार दुवै अभियुक्त तथा उनीहरू सञ्चालक रहेका सबै संघसंस्था र परिवारका नाममा रहेको चलअचल सम्पत्ति रोक्का गरिएको छ । प्रतिग्राम स्युडोको अन्तरराष्ट्रिय बजारमूल्य ६४१ अमेरिकी डलर पर्छ ।