गोविन्द खड्का
घोराही, २९ कार्तिक । गत भदौ २८ गते १५ दिनको म्याद दिएर वाटो बनाउने प्रयासलाई असफल बनाईएको थियो । घोराही १० को स्वर्गद्धारी टोलमा रहेको एक मात्रै घोराहीको कच्चि सडक बर्षौ देखि अलपत्र छ ।
चरण बद्धका योजनाहरु हरेक आर्थिक बर्ष अन्त संगै तुहिन्छन् । बेला मौकामा गरीएका प्रयासहरु व्यर्थ हुन्छन् । अन्तिम पटक भनेर व्यापक तयारीका साथ भदौ २८ गते मंगलवार गरीएको छलफल खेर गयो । घोराही नगरविकास समितिका अध्यक्ष किरण कुमार रेग्मी, शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय प्रमुख राजेन्द्र प्रसाद पाण्डेय, घोराही नगरपालिकाका ईञ्जिनियर रामधन श्रेष्ठ लगाएत अन्य प्राविधिकको टोलि पुगेको थियो । उपलब्धि सून्य रह्यो ।
सो टोल विकास संस्थाका अध्यक्ष भिम बहादुर पुनको घर आगनमा बसेर बाटो बनाउने सहमति गरियो । टोलवासी र वाटोक्षेत्रका जग्गा धनिलाई माईन्युटमा हस्ताक्षर गराउने काम पनि थालियो । प्राविधिकहरु फिता खोलेर फिल्डमा नाप्न थाले । त्यस क्षेत्रका धेरैको चेहरामा ग्रहण लाग्न शुरुभयो । केहि भित्रि पिडा लुकाउन दा“त देखाएर ङिच्च गरेका देखिन्थे । के निहु पाउ र कनिका बुकाउको ध्यान्नमा अधिकांश लागे । कालो पत्रे चिल्लो सडक तिनको हृदयमा जचेन । अन्ततः फिता सोहरेर अगुवाको कोठे बैठक केन्द्रित गरीयो । बाहिर निश्कदा हात्ति आयो हात्ति आयो फुस्सा भयो । के के नै हुन्छ भनेर थालिएको सुभविहानीको शुभ लगन ट¥यो ।
त्यसपछिका दिनहरुमा पहल नथालेको भने होईन । स्टार वोडिङका प्रिन्सीपल चित्र घर्ति सहितको टोलि आफुले अबरोध नगरेको पुष्टि गराउने दौडधुपमा थियो । आफ्नो क्षेत्रमा जति बेला पनि बाटो खोल्ने उनिहरु बताउ“थे । त्यहि कुरालाई स्थानियले नपत्याएर उडाउनेकाम गरे । एक जनाले अबरोध गरेको भनेर देखाईयो । सबैका चाहना आफ्नो न चाईटियोस भन्ने नै थियो । आफुलाई न देखाउने शर्तमा एक स्थानियले भने, ‘देखिन नसक्ने तर भित्र भित्रै बाटो नबने हुन्थ्यो भन्ने धेरै छन् ।’ उनले थपे ‘मेरो घर अगाडि पर्खाल गएपनि बाटो दिन्छु भन्ने कोहि टक्रिन्न ।’ छलफलका क्रममा नापि शाखा बाट प्रतिनिधी नआएकाले षड्यन्त्र भएको आशंका गरियोे । अहिले दुई महिना नाघ्दा तथ्यहरुले अबरोधक स्थानियको बन्न नदिने मनसाय भएको पुष्टि गर्दैछन् । खाली दोष कसको थाप्लोमा थुपार्ने ध्यान्न मात्रै छ ।
वडानागरीक मञ्चका संयोजक शक्तिराम डाँगीका अनुसार केहि व्यक्तिको लाज ढाक्ने उपाए पनि खुश्किदैछ । कसैलाई दोष दिने र उसैको का“धमा बन्दुक पड्काएर आफु रमाउने पक्षमा धेरै देखिएका छन् । औपचारिकताका लागि बोलाएको ठाउ“मा उपस्थित हुन्छन् अन्यथा स्थानिय चुप लाग्छन् । समाजका लागि गतिलो काम गरौ“ । केहि कठिनाई र घाटा सहौ“ भन्ने भेटिदैनन् । शौचालयका पाईप बगाउने, युरिनलको सोझै बाटोमा खसाल्ने, घरै ढाक्नेगरी धुलो उडाउने क्षेत्र भएको छ । स्वर्गद्धारी टोलको कालोपत्रे क्षेत्रमा टिप्पर निशेष गरिएको छ । ति साधनले त्यहि कच्ची क्षेत्र उपयोगमा ल्याएका छन् । सेवार खोला नया बसपार्कले पनि सोनापुर सिमेन्टका टिप्पर बन्द गराएको छ । सबै यातायातका साधन गुड्ने क्षेत्रका रुपमा पशु सेवा कार्यालय हुदैको त्यहि बाटो प्रयोग भएको छ । त्यस क्षेत्रका बासिन्दाले न लाज मानेका छन् न त बिकल्पका बारेमा चिन्ता गर्छन् । सबै आफ्नै स्वार्थमा ढुनमुनिएका छन् ।
अबको निकास चालु बाटोको केन्द्र विन्दु बाट दाया“ बाया“ बराबर फराकीलो पार्ने हो । कसको जमिन कति गयो ? कसले कति छोड्ने भनेर भाग लगाउने माखा पित्ते व्यवहारले बाटो बन्दैन । विकसीत क्षेत्र बनाउने फराकिलो सोच सहितको चौडा छाति चाहिन्छ । जसले बाटोका लागि आफ्नो घरको पर्खाल गल्र्याम्म ढल्दा खुशि दिन सकोस् । आफ्नो साधमा डोजरले टेक्दा तुरुक्कै आशु झार्ने कुकुर मुते व्यवहारले बाटो बन्दैन । कसले कति बेचेको हो र कहिले किनेको हो त्यो पुग्छ पुग्दैन भनेर बाटो चौडा गराउदा कहि कतै हिसाव गरीन्न ।
जो कहि नभएको जात्रा हाडि गाउजस्तै भएको छ स्वर्गदारी टोलमा भएको छ । मिठासका साथ विज्ञान, दर्शन, समाज सास्त्रलगाएत हरेक व्याख्या गर्नेहरु प्रशस्त छन् । आफ््नो भाग चोईटाएर आत्मखुशि बनाउनेहरु खास्सै देखिएका छैनन् । यहि अबस्था रह्यो भने अबको बषौ सम्म पनि बाटो बन्दैन । परिणामत सर्बाधिक चर्चा भएको बहु उद्देशिय सभा गृहको पश्चिम गेट दुर्गन्धित, फोहरी हुन्छ । त्यसो भयो भने सिंगो राप्तीकै बदनाम गराउने निश्चित छ । नगरपालिकाले २०६९ सालमा उत्कृष्ठ टोल भनेर दश हजार नगद सहित सम्मान गरेको थियो । यतिबेला जमिनको लोभले बाटो बनाउन नसक्ने पिछडिएकोमा धकेलिएको छ ।











