दाङ २९ कार्तिक । पुर्वउपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदार दाङ आउनु हुने भएको छ । मंसिर १ गते दाङ आउन लागेको मधेशी जनअधिकार फोरम लोकतान्त्रिक दाङका सचिव कुलबहादुर घर्तीले जानकारी दिनुभयो ।
मधेशी जनअधिकार फोरम लोकतान्त्रिक केन्द्रिय अध्यक्ष समेत रहनु भएका गछदार कार्यकतालाई सम्बोधन गर्न जिल्ला आउँन थालेको वताउनुभयो । लमही स्थित रातोडाडा रहेको पार्टी कार्यालयमा हुने कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उपस्थित हुन घर्तीले सबैमा आग्रह गर्नुभएको छ ।
