तुलसीपुर २९ कात्तिक । दाङको स्थानिय तह सिमा निर्धारण समितिले गोल्टाकुरीका जनताको निर्णयलाई कार्यान्वयन नगरे कडा आन्दोलनमा उत्र्ने चेतावनी दिएका छन् । गोल्टाकुरी ७ सरुवा डाडामा आईतबार भएको वृहत भेलाले आन्दोलनलाई कसरी सार्थक वनाउने भन्ने वारेमा छलफल गरेको हो । भेलाले समितिको सिफारिसवाट पहिला लिई रहेको सेवा लिनलाई दुई गुणा बढी समय लाग्ने र परिश्रम पनि बढि लाग्ने भएको ठहर गर्दै आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ ।
नेपाली काँग्रेस गोल्टाकुरीका सभापति प्रकास वलीको अध्यक्षतामा भएको भेलाले गाविसमा करिव एक महिना अगाडी वसेको सर्वदलिय वैठकको निर्णयलाई कार्यान्वयन गर्न माग समेत गरेको छ । गाविसलाई तुलसीपुर नगरपालिकामा गाभ्ने निर्णय सिफारिस समितिलाई पठाए पनि त्यसको कुनै सुनुवाइ नभएको हुदा आफुहरु आन्दोलनमा उत्रनु परेको नेपाली काग्रेस गोल्टाकुरीका सभापति वलीले वताए ।
करिव एक अजार स्थानियको उपस्थिती रहेको भेलाले यही मागलाई लिएर केन्द्रमा डेलिगेसन जाने समेत निर्णय गरेको छ । छलफलमा नेकपा एमाले गोल्टाकुरीका अध्यक्ष चित्रलाल चौधरी, माओवादी केन्द्रका गोल्टाकुरीका अध्यक्ष धनविर चौधरी लगाएतले वोलेका थिए । जिल्ला स्तरिय स्थानिय तह र सिमा निर्धारण समितिको सिफारिसमा गोल्टाकुरी गाविसलाई दंगिशरण गाउँ कार्यपालिकामा गाभि बागरमा केन्द्र रहने सिफरिस समितिको निर्णय प्रती गोल्टाकुरीवसी र राजनीतिक दलहरु आन्दोलित भएका हुन् ।
सिफरिस समितिको निर्णय सर्वाजनिक भए लगतै आपत्ति जनाउदै आन्दोलित भएका स्थानियवासीले डेलिगेसन, सिफरिसको विरोधमा हस्ताक्षर अभियान संगै वृहत छलफल गर्न थालेका छन् । यो सिमांकन लागु भएपछि गोल्टाकुरीका स्थानिय वासीले पहिला सेवा लिरहेको तुलसीपुर भएर सेवा लिन वागर जानु पर्दछ । यसै कारणले गोल्टाकुरीवासी आन्दोलित हुनुपरेको स्थानिय एम एन शाले वताए ।
