goltakuriगोल्टाकुरी २९ कात्तिक ।  सरोकारवाला निकायले ध्यान नदिँदा गोल्टाकुरी १ फुर्केसल्लीका स्थानियवासी समान्य विकासवाट समेत वञ्चित भएका छन् ।  गाविसमा प्रयाप्त वजेट नहुने र जिल्ला विकास र केन्द्रले चासो नदिएका कारण आफुहरु सामान्य विकासवाट सेमत वञ्चित भएको फुर्के सल्लीका शारदा पुनले गुणासो गरिन । जिल्लाका प्रया ठाउँमा विजुली वत्ति पुगे पनि अहिले सम्म फुर्केसल्लीका स्थानियले दाङ उपत्यकामा वलेका वल्ब हेरेर चित्त बुझाउनु परेको शारदाले दुखेसो पोखीन ।

 वत्ति मात्रै नभएर यस वडाका स्थानियवासी सडको सुविधा वाट समेत वन्चित भएका छन् । युद्धकालमा सहिद मार्गका नाम सडकको ट्रयाक खोलिए पनि प्रायाप्त वजेट अभावका कारण सडक जिर्ण भएको छ । अहिले पनि फुर्केसल्लीका स्थानियले दैनिक उपभोग्य वस्तु गोल्टाकुरी २ बाँकी र पञ्चकुले वाट वोकेर जिवन यापन गर्ने गरेका छन् । वसमा चढेर तुलसीपुर जाने त सपना नै भयो ठाटी वाट राजमार्गमा गुडेका गाडीको आवज सुनेरै चित्त बुझाउने गरेको वडा नागरिकमञ्चका पुर्व संयोजक देविराम पुनले वताए ।

फुर्केसल्ली गोल्टाकुरी गाविस वाट करिव ३ घण्टा जंगलको वाटो हिडे पछि पुगिन्छ । यती टाढा रहेको वस्तीमा एउटा पनि निमावि स्तरको विद्यालय नभएको शिक्षक हुकुम घर्तीले वताए ।

फुर्केसल्लीका स्थानियले स्वास्थ्य सेवा लिन पनि ३ घण्टाको पैदल हिडेर गोल्टाकुरी पुग्नु पर्ने वाध्यता रहेको छ । समान्य विकास वाट समेत वन्चित भएका स्थानियलाई सेवा दिन गाविसले भरपुर सहयोग गरिरहेको र त्यो सहयोग अप्रयाप्त भएको उनिहरुको गुनासो छ ।

गाविसको वजेट अप्रयाप्त भएको हुदा जिल्ला र केन्द्रले पनि फुर्केसल्लीको विकासका लागि विशेष कार्यक्रम लागु गर्नुपर्ने आवश्यक्ता रहेको गाविसका सचिव ज्ञानबहादुर केसीले वताए ।