इन्द्रेणी संवाददाता

रूकुम, २९ कार्तिक । रुकुममा पनि प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रुकुममा प्याराग्लाइडिङको परीक्षण शुरू गरिएको हो । पर्यटन प्रवर्द्धन तथा वातावरण संरक्षण केन्द्र नेपालको आयोजनामा पहिलो पटक प्याराग्लाइडिङको परीक्षण गर्न थालिएको हो ।

paragalaidinrrरूकुम सदरमुकाम खलङ्गामा रहेको जन्ती बस्ने लेकबाट रमणीय पर्यटकीय क्षेत्रहरू मुसिकोट, रूकुमकोट र वाँफीकोटमा सम्भावित स्थानबाट प्याराग्लाइडिङ परीक्षण शुरू गरिएको पर्यटन प्रवर्द्धन तथा वातावरण संरक्षण केन्द्र नेपालका अध्यक्ष चन्द्रबहादुर केसीले जानकारी दिएका छन् ।

उनका अनुसार–रूकुमलाई नयाँ पर्यटकीय गन्तव्य बनाउन प्याराग्लाइडिङको परीक्षण शुरू गरिएको हो । पहिलो चरणमा प्याराग्लाइडिङको सफल परीक्षणपछि व्यासायिक रूपमा प्याराग्लाइडिङ सेवा सञ्चालन गर्ने अध्यक्ष केसीले बताए ।

20161114081402_clipboard04रूकुमको जन्ती बस्ने लेकबाट हिजो आइतवार सल्ले विमानस्थलमा सफल परीक्षण भएको आयोजक संस्थाले जनाएको छ । पहिलो पटक प्याराग्लाइडिङ परीक्षण भएपछि समग्र रूकुमवासी खुसी भएका छन् भने हरिवोधनी एकादशीको दिनदेखि पूर्णिमासम्म लाग्ने मध्यपश्चिमकै धार्मिक तथा पर्यटकीय मेला डिग्रेको अवसरमा प्याराग्लाइडिङ सेवा परीक्षण गर्दा पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने आयोजकले बताएका छन् ।

आगामी मङ्सिर ३ गतेसम्म प्याराग्लाइडिङको परीक्षण गरिनेछ, जसका लागि सुवास थापा इन्ष्ट्रक्टर, रमेश पहाडी टेण्डम, महेश रावल सोलो सिङ्गल र प्रविन क्षत्री सोलो सिङ्गललगायतको टोलीले प्याराग्लाइडिङको परीक्षण गरिरहेको छ ।