mahara

दिपक बोहरा / तुलसीपुर २७ कात्तिक । उपप्रधान तथा अर्थमन्त्री कृष्णा बहादुर महराले तुलसीपुरको एयरपोर्टको समस्या सामाधान गर्न पहल गर्ने बताएका छन् । शनिबार तुलसीपुर उद्योग बाणिज्य संघले आयोजना गरेको दाङको समग्र बिकासका लागि साक्षात्कार कार्यक्रममा उनले आफु काठमडौ पुगे लगतै ऐयरपोर्टको समस्या सामाधान गर्न पहल गर्ने बताए ।

टरिगाउ एयरपोर्टको बिकासका लागि बजेट बिनियोजन भईरहेको छ , तर काम हुन सकेको छैन उनले भने ‘ यस बारेमा म काठमडौ गए लगतै नागरिक उड्ययन मन्त्रालयमा बुझेर समस्या कहाँ नेर हो बुझ्छु ।’ समस्या पहिचान भएसंगै टरिगाँउ एयरपोर्टको समस्या सामाधान गर्न तर्फ लाग्ने उनले बताए ।

तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिमल रिजालको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री महराले दाङका सबै राजनीतिक दलले साथ दिए दाङमा प्रादेशिक राजधानी बन्ने ठोकुवा गरे । नेकपा माओवादीका नेता समेत रहेका मन्त्री महराले भने ‘ दाङका नेपाली काग्रेस , एमालेलगायतका दलले पनि आफ्नो पहल कदमीलाई साथ दिने हो भने , प्रादेशीक राजधानी दाङमै बन्छ । ’

उनले शनिबार दाङमा औपचारीक १२ ओटा औपचारीक कार्यक्रममा सहभागी भएको भन्दै यहाँका जनताले आफुबाट गरेको अपेक्षा पुरा गर्ने उनले बताए । उनले भने ‘ दाङको सम्मान धेरै पाए , यस्को भाडा तिर्ने पर्छ । ’ जनतासंग बिकासका ठुला ठुला भाषण गर्ने तर काठमडौ गएपछि सबै कुरा बिर्सिने नेताहरुको प्रबृति कायमै रहेको उनले स्वीकारे ।

नेताहरु काठमडौ गएपछि जनताका माग सम्बोधन गर्न भुल्छन्, म पनि त्यस्मा अछुतो छैन उनले भने ‘ जनताको मागको पुर्नताजकी गर्न अब एक ÷ एक महिनामा जनताको माझ आउनु पर्ने भएको छ ।’

मन्त्री महराले दाङलाई लुम्बिनीसंग जोड्ने हो भने दाङ छिटै आर्थिक रुपमा सम्बृद्धि हुने उनले बताए । गौतम बुद्धको जन्मस्थल लुम्बिनी भएकाले संसारभरका बुद्ध धर्म मान्नेहरु त्यहाँ आउछन् , उनले भने ‘ती पर्यटकलाई दाङ भित्र्याउन सक्ने हो भने दाङको आर्थिक बिकास हुन्छ । ’

उनले संबिधान घोषण गर्नु मुलुकका लागी ठुलो उपलब्धी भएको भन्दै घोषणा भएको संबिधान कार्यान्वयन गर्नु झनै ठुलो चुनौती भएको बताए । २०७३ माघ सम्म निर्बाचन सम्पन्न गर्ने हो भने संबिधान कार्यान्वय हुने उनले बताए । कार्यक्रमको सहजीकरण तुलसीपुर उद्योग बाणिज्य संघका महासचिब नेत्रलाल वलीले गरेका थिए ।

यस्तै तुलसीपुरका बिभिन्न संघसंस्थाले उपप्रधान तथा अर्थमन्त्री महरालाई बिभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएका छन् । तुलसीपुर उद्योग बाणिज्य संघ, बिजौरी उद्योग बाणिज्य संघ, बृद्ध सेवा समिति लगायतका संस्थाले ज्ञापन पत्र बुझाएका हुन् ।