तुलसीपुर, २७ कार्तिक । दाङ तुलसीपुर क्षेत्रका अटो रिक्सा तथा टेम्पो चालकहरुलाई ट्राफिक नियमवारे जानकारी दिइएको छ । शनिवार तुलसीपुरको अरनीको मैदानमा एक कार्यक्रमको आयोजना गरि उनीहरुलाई ट्राफिक नियम पालनाको महत्व र दुर्घटना न्यूनिकरणका वारेमा प्रशिक्षण दिइएको हो ।
बजारहरु ह्वात्तै बढ्दै गएका अटो र टेम्पोको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने सवालमा ट्राफिक प्रहरी, नगरपालिका अटो र टेम्पो चालकहरुका विचमा साहुहिक छलफल गरिएको हो ।
ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले यस्तो कार्यक्रमको आयोजना गरेको हो । दुर्घटना न्यूनिकरण तथा ट्राफिक नियमका वारेमा ट्राफिक प्रहरीले एक दिने प्रशिक्षण कार्याक्रम आयोजना गरेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव निरीक्षक देवबहादुर खत्रीले जानकारी दिए ।
अटो रिक्सा श्रमिक संघका अध्यक्ष गमर चन्द्र रोकाको अध्यक्षता तथा तुलसीपुर नगरपालिकाका निमित प्रमुख ललित घर्तीको प्रमुख आतिथ्यमा प्रशिक्षण कार्यक्रम भएको हो । कार्यक्रममा ट्राफिक नियम, रिक्सा, टेम्पो चलाउदा अपनाउनुपर्ने सावधानिका वारेमा प्रशिक्षण दिइएको थियो । त्यसक्रममा प्रमुख अथिति घर्तीले नगरपालिकाले अटो रिक्सा र टेम्पोको पार्किङको समस्या समाधानका लागि व्यवस्थापनमा लाग्ने बताए । अटो रिक्सा भित्रिसंगै सर्वसाधारण नागरिकको यातायातमा सुगमता थपिएको भएपनि मनपरी भाडा असुलेको गुनासो आएकोले भाडा दरमा एक रुपमा कायम गर्न उनले आग्रह गरे । उनले नियम र परिधिमा रहेर व्यवसाय सञ्चालन गर्न आग्रह गरे । कार्यक्रममा अटो रिक्सा श्रमिक संघका अध्यक्ष गमर चन्द्र रोकाले आफनो अधिकार प्रयोग गर्दा कर्तव्यलाई पनि नभुल्न आग्रह गरेका थिए । उनले अटो रिक्सा भित्रिय संगै धेरैले रोजगार पाएको भन्दै व्यवस्थीत तरिकाले व्यवसाय सञ्चालन गर्न आग्रह गरे । कार्यक्रममा रिपोर्टर्स क्लव दाङका अध्यक्ष सरद रेग्मी , पत्रकार महासंघ दाङका सदस्य बालाराम खड्का, टेम्पो समितिका अध्यक्ष नारायण जिसीलगायतले मनतब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण प्रहरी रमेश विसीले गरेका थिए । प्रशिक्षण कार्यक्रममा दुई सय बढी अटो चालकहरुको सहभागीता थियो ।