कार्तिक २७ , मलेसिया । नेपाली संगित क्षेत्रमा ब्यस्त रहेने निर्देशक जीवन सेन्चुरी यतिबेला मलेसियामा छन । उनि मलेसियामा रोजगार भन्दा पनि मलेसियामा रहेका नेपालीहरु कलाकर्मिहरुको आग्रहमा मलेसिया आएका हुन । निर्देशक सेनच्युरि मात्र हैन नबनायिका तथा मोडेल कशिस दाहाल पनि मलेसियामा छिन ।
सेन्चुरी र दाहाल मलेसिया स्थित बिभिन्न कलाकर्मिहरु संग एक साथ म्युजिक भिडियो निर्माणमा धमाधम लागेका छन । करिब ३सय भन्दा बढि म्युजिक भिडियो निर्देशन तथा करिब ५ सय गितमा सम्पादन गरेका जीवन सेनच्युरिले नबनायिका कशिसलाई मलेसियामा बिभन्न अबतारमा उतार्न लागेका हुन ।
मलेसियामा रहेर ब्यबसाय संगै आधुनिक संगित क्षेत्रमा जमि रहेका फुर्वा दोर्जे तामाङ र अर्का संगित सर्जक देब बोहोराका विभिन्न आधा दर्जन बढि भिडियोमा एक साथ काम थालेकि छिन । मलेसियामा रहेका थुप्रै दाजु भाइ तथा दिदी बिहिनिहरु संग काम गर्ने रहर रहेको बताउदै कशिस भन्छि मलेसियामा रहेका कलाकारहरु संग अफर गर्ने जति संग काम गर्ने छु । कशिसलाई मलेसियामा रहेका थुप्रै संगित प्रेमिहरुले आफ्नो गितमा अभिनय गर्न अफर गर्ने क्रम पनि जारि छ ।
सुन्दर अनुहार ,हिस्सि परेकी कशिस मोडेलिङ दुनियाँ संगै फिल्म उघोगमा जम्दै गरेकि छिन । थुप्रै म्युजिक भिडियोमा जमेकि कशिस अब रिलिज हुने क्रममा रहेका नेपाली कथानाक चलचित्र ूफुर्के, डिल्लीराम , राना लगायतका चलचित्रमा नायिकाको रुपमा अभिनय गरेकि छिन ।
