वर्दियाको भौरा टप्पामा आज नुनको अभावको अभाव हुने हल्ला फैलाए राजापुर बजारमा पनि यस क्षेत्रका स्थानिय उपभोक्ताले आजै आवश्यकता भन्दा धेरै नुनको खरिद गरेका छन् । हल्लैहल्लाको भरमा एक्कासी नुनको अभावको खवर पाए पछि भौरा टप्पा क्षेत्रका राजापुर मानपुर टपरा, वाला वजार, खोल्टीवजार, शान्तिवजारमा पनि नुनको कमी भएको छ ।
वजारमा नुन हुदाहुदै पनि व्यापारिहरुले लुकाएको र मूल्य बढाउन खोजेको स्थानिय उपभोक्ताहरुले आरोप लगाएका छन् । वजारमा नुन अभावको निराधार हल्ला मात्र भएको र नेपालमा ६ महिनासम्म पुग्ने संञ्चित रहेको कुनै पनि व्यापारिले वढी मूल्य लिएर नुन विक्री गरेको जानकारी पाएमा कालो वजारी ऐन अनुसार कारवाही गरिने समेत ईलाका प्रशासन कार्यालय राजापुरका प्रमुख सुनिल दत्तले वताउनु भयो ।
आवश्यक पर्ने नुन आधिकारीक विक्रेताले माग गरेमा साल्टे«ङिले उपलब्ध गराउने आफूलाई जानकारी दिएको प्रमुख दत्तले वताउनु भएको छ । यसरी नुन नपाईने कुरामा नआत्तिन समेत सवै उपभोक्ताहरुमा अनुरोध समेत गर्नु भएको छ ।





