अवधी पत्रकार संघ नेपालको केन्द्रीय अध्यक्षमा राकेश कुमार मिश्र चयन हुनुभएको छ । शनिबार नेपालगञ्जमा सम्पन्न संघको केन्द्रीय कार्यसमितिको प्रथम राष्ट्रिय सम्मेलन तथा महाधिवेशनले मिश्रसहित २३ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मतीले चयन गरेको हो । अध्यक्ष पदका लागि आशिष गुप्ता तथा मिश्रले उम्मेदवारी दिनुभएको थियो तर गुप्ताले स्वइच्छाले आफ्नो नाम फिर्ता लिएपछि मिश्रलाई सर्वसम्मतले अध्यक्षमा चयन गरिएको हो ।

featureसंघको बरिष्ठ उपाध्यक्षमा बिनय दिक्षित र उपाध्यक्षद्धयमा शमिउल्ला धोवी चयन हुनुभएको छ । महासचिवमा यदुराज मिश्र, उपमहासचिवमा गुरुमुरत यादव, सचिवमा रामबिकास चौधरी, दिनेश ठाकुर र लक्ष्मी तिवारी रहनुभएको छ भने, कोषाध्यक्ष शन्ध्या शर्मा निर्विरोध चयन हुनुभएको छ । त्यस्तै संघको सदस्यहरुमा दिलिप कुमार यादव कपिलबस्तु, सतिश शर्मा बाँके, अंकुश श्रीवास्तव कपिलबस्तु, दिपक कुमार गुप्ता, प्रहलाद बिश्वकर्मा, चन्दा सिंह, रुवी साई, अस्फाख जसगढ बाँके, महिला सदस्यमा दुर्गा जयसवाल बर्दिया, मन्जु यादव दाङ रहनुभएको छ । यस्तै बिधान अनुसार दुई जना सदस्य मनोनित गर्नुपर्ने भएकाले भरत किशोर बैश्यलाई गरिएको छ भने एक जना सदस्य पछि मनोनित गरिनछ । कार्यक्रमको उदघाटन शत्रमा तराई मधेश लोकतान्त्रिक पार्टीका बरिष्ठ उपाध्यक्ष हृदेश त्रिपाठीले मधेशी पत्रकार तथा मिडियाको बिकासका लागि सक्रिय भएर स्वयम पत्रकारहरु लाग्नुपर्ने बताउनुभएको छ ।

उहाँले मधेशी पत्रकार तथा मिडिया बिकास हुनुपर्ने जस्तो हुन नसकेको बताउनुभयो । त्यसका लागि मधेशी समुदाय, व्यक्ति र धर्म तथा संस्कृतिलाई समेटेर अगाडी बढ्न सक्न्पर्ने धारणा राख्नुभयो । संबिधानमा मधेशी समुदायको कुरा समाबेश नगरिएको दावी गर्दै पूर्व भौतिक तथा यातायात्र मन्त्री समेत रहनुभएका मन्त्री त्रिपाठीले अझै पनि केही कुराहरु सच्याउनका लागि पत्रकारले कलम चलाउनुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ बाँकेका संस्थापक अध्यक्ष लियाकत अलिले मधेशमा रहेका सञ्चार संस्थाको बिकासका लागि पत्रकारहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले पत्रकारमा फुट भएका कारण अन्य समुदायका सञ्चारसंस्था अनुसार मधेशी समुदायद्धारा सञ्चालित सञ्चारसंस्थाको दिगोपना हुन नसकेको धारणा राख्नुभयो । पत्रकार महासंघ बाँकेका अध्यक्ष रुद्र सुबेदीले लामो सममयपछि संघको महाधिवेशन गर्न सफल भएको बधाई दिँदै उहाँले आगामी दिनहरुमा व्यवसायीक पत्रकारिता गर्नेतर्फ मधेशी समुदायका पत्रकारहरु लाग्नुपर्ने बताउनुभयो ।