काठमाडौं २७ कात्तिक । परीक्षा नियन्त्रण कार्यालयबाट नै कक्षा १०मा परीक्षा हुने भएपछि विद्यार्थीमा परीक्षासम्बन्धी गतिविधिको चासो बढ्न थालेको छ । केही समयअघि कक्षा १० कुन निकायले परीक्षा गराउने भन्ने अन्योल थियो ।
विगतमा कक्षा १० मा हुँदै आएको प्रवेशिका परीक्षा कक्षा १२ मा हुने र क्षेत्रीयस्तरको परीक्षामात्र कक्षा १०मा हुने भनिए पनि त्यससम्बन्धी स्ष्पष्ट निर्णय अहिलेसम्म हुन नसक्दा कक्षा १० को परीक्षा परीक्षा नियन्त्रण कार्यालयले गराउने तयारी थालेको हो ।
यस बर्षको कक्षा १० को परीक्षा कस्तो हुन्छ र कुन निकायले गराउने भन्ने अन्योल थियो तर अहिले निश्चित भइसकेको छ ।
यस वर्षको परीक्षा पद्धतिका बारेमा एसएलसीको ठाउँमा अरु कुनै शब्द लेखिने भन्ने कुरा निर्णय हुन बाँकी छ । यसका लागि शिक्षा मन्त्रालयमा प्रस्ताव लगिसकेको तर मन्त्रिपरिष्बाट निर्णय हुन बाँकी छ ।
