कास्की २७ कात्तिक । नेपाल तरुण दलको चौथो केन्द्रीय महाधिवेशन आजदेखि कास्कीको पोखरामा सुरु हुन लागेको छ ।महाधिवेशनमा ७३ जिल्लाका एक हजार ४ सय प्रतिनिधिको सहभागिता रहने छ । महाधिवेशनको दिउँसो १ बजे उद्घाटन गरिने छ ।
पोखराको चिप्लेढुङ्गास्थित मानवअधिकार चोकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्नेछन् ।तीन दिने सो महाधिवेशनको बन्द सत्र भने भोली आइतबार पोखरा सभागृहमा हुनेछ । बन्द सत्रपछि कात्तिक २९ गते निर्वाचनका कार्यक्रम गरिने तरुण दल कास्कीले जनाएको छ ।
तरुण दलमा हाल ६१ सदस्यीय कार्यसमिति रहे पनि नयाँ कार्यसमिति ७५ सदस्यीय बनाउने योजना छ । आगामी नयाँ नेतृत्वका लागि सर्वसम्मत बनाउने तयारी गरिएको छ ।
