sarkari-office

घोराही २७ कात्तिक ।  दाङका सरकारी कार्यालय प्रमुखहरुले दरवन्दी अनुसारका कर्मचारी नहँुदा सेवा प्रबाहमा समस्या परेको बताएका छन् । जिल्ला विकास समिति दाङले शुक्रबार घोराहीमा आयोजना गरेको जिल्ला स्तरिय प्रगती समिक्षा गोष्ठीमा उनीहरुले यस्तो बताएका हुन् ।

स्थानिय विकास अधिकारी कुलवहादुर जिसीको अध्यक्षता एंव प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेको प्रमुख आतिथ्यतामा भएको गोष्ठिमा जिल्लाका सरकारी कार्यालय प्रमुखहरुले विषयगत कार्यालयको प्रगति विवरण सार्वजानिक गर्दै यस्तो वताएका हुन् ।

घरेलु तथा सानाउद्योग कार्यालयका प्रमुख वासुदेव रिजालले एउटै कर्मचारीले दुई ÷तिन ओटा फाँटको जिम्मेवारी समाल्नु पर्ने वाध्यता रहेको बताए । उनले आधुनिक अबस्थामा पनि २५÷३० वर्ष पुरानो भौतिक संरचना हुँदा आफुलाई काम गर्न समस्या हुने गरेको उनी बताउँछन् । उनले अपाङमैत्री भवन नभएको बताए । यस्का लागि राज्यले पनि बजेट बिनियोजन गर्दैन उनले भने ‘कतिपय सरकारी कार्यालयहरुको भवन भाँडामा जान्छन , तर घरेलु कार्यालयको भने आफ्नै भवन छ । तर अपुग छ ।

त्यसै गरी पशु सेवा कार्यालय दाङका अरुण कुमार सिमखडाले पशु विकास सम्वन्धी सरकारले थुप्रै कार्यक्रम लागु गरेको छ । तर आवश्यक रुपमा जनशक्तिको व्यावस्थापन गर्न नसक्दा किसानहरु सेवा वाट वञ्चितहुनु परेको उनले सिमखडाले बताए ।
अधिकाश सरकारी कार्यालयले प्रगति प्रतिवेदन सार्वजनीक गर्दै भौतिक पुर्वाधार र जनशक्तिको अभावले नागरिकको सेवामा असर देखिएको बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी काफ्लेले सवै विषयगत कार्यालयहरु जिम्मेवार भएर काम गर्नुपर्ने बताए । सुशासन ,आर्थिक पार्दर्शिता र नागरिक सेवामा संवेदनशिल बन्न आग्रह पनि गरेका छन् । कार्यक्रममा दाङका जिल्ला विकास समिति ,जिल्ला भु–संरक्षण कार्यालय , जिल्ला कृषि विकास कार्यालय , शहरी विकास तथा भवन डिभिजन कार्यालय , जिल्ला पशु सेवा कार्यालय , जिल्ला वन कार्यालय , घरेलु तथा साना उद्योग कार्यालय ,महिला तथा वालवालिका कार्यालय,व्यावसायीक तथा सिप विकास तालिम केन्द्र, डिभिजन सहकारी कार्यालय ,जिल्ला जन स्वास्थ्य कार्यालय , डिभिजन सडक कार्यालय, जनताको तटवन्धन कार्यालय, जनउत्थान समाज विकास केन्द्र , आमा मिलन केन्द्र र व्याकवार्ड सोसाईटी एजुकेशन वेस दाङले वार्षिक प्रगती प्रतिवेदन सार्वजानक गरेका थिए । प्राविधिक कार्यालयका निमित्त प्रमुख ईन्जीनयर थम प्रसाद पाण्डेको स्वागतमन्तव्य वाट शुरु भएको
कार्यक्रमको सहजीकरण जिल्ला विकास समितिका वालकृष्ण खनालले गरेका थिए ।