घोराही २६ कात्तिक । नेकपा माओवादी निकट कार्यकर्ताहरुले शुक्रबार दाङमा शान्तिपुर्ण मोटरसाईकल ¥याली निकालेका छन् ।
राष्ट्रियता माथिको वढ्दो हस्तक्षेप,कालोबजारी ,मुल्यवृद्धि र भ्रष्टाचारको बिरुद्धमा उनीहरुले शान्तीपुर्ण मोटरसाईकल ¥याली निकालेको हुन् । सरकार पनि यस्ता क्रियाकलाप रोक्न उदासिन भएको भन्दै उनीहरुले घोराही देखी तुलसीपुर सम्म मोटरसाईकल ¥याली निकोको एक विज्ञप्तीमा जारी गरी जानकारी दिएका छन् ।
घोराहीको कर्मचारी मिलनकेन्द्रबाट शुरु भएको मोटरसाईकल ¥याली तुलसीपुरको बिरेन्द्र चोकमा पुगेर कोण कोणसभामा परिणत भएको थियो ।











