ic_1000_ra_500_note-582519908c5a64-20526675घोराही २६ कात्तिक । तुलसीपुर १५ प्रसेनीका रेशम केसीले भारतमा मज्दुरी गरी ४५ हजार भारतीय रुपैया घर पु¥याए । त्यही रुपैयाँले दैनिकी चलाउनुका साथै अन्य आबश्यक सरसामान किन्ने उनको सोँच थियो । तर भारत सरकारले भारु पाँच सय र एक हजार रुपैयाँ प्रतिबन्ध लगाएपछि उनलाई दैनिकी चलाउन पनि मुस्किल भएको छ । उनले कमाएको ४५ हजार लिएर तुलसीपुरका बैंक तथा बित्तिय संस्थामा पुगे ।

तर बैंकले उक्त भारतिय रुपैयाँ नसाटे पछि उनलाई एक बर्षको कमाई खेर जाने डर छ । उनी उक्त रुपैयाँ साट्न भारत जाने तयारी गरेको बताउछन् । यस्तै मारमा परेकी छिन् गोग्लीकी लक्ष्मी जिसी । विहीवार उनी आफु संग भएको भारतीय दश हजार रुपैयाँ लिएर घोराहीका सवै वैंकमा गईन् । तर कुनै वैकले उनीसँग भएका भारतीय रुपैया साटेनन् । भारतको दिल्लीमा रहेको एक निजि उद्योगमा कार्यरत उनका श्रीमानले छिमेकी मार्फत घर खर्चका लागि उक्त रकम पठाएका थिए ।

तर रुपैयाँ नचेलेपछि घर खर्च चलाउन मुस्किल परेको उनी बताउछिन् । उनले भनिन् ‘ भारतीय रुपैयाँँ गाँउमै साटफेर गरी घर खर्च चलाउ भनेको ,गाँउघरमा कसैले पनि चल्दैन भनेर फर्काए , वैंकले पनि साट्न मिल्दैन भनी फर्कायो । ’ उनलाई श्रीमानले तिहार खर्चका लागि उक्त भारु पठाएका थिए तर तिहार पछि अरु खर्चका लागि चलाउला भनी राख्दा अहिले नचल्ने नै भएछ उनले भनिन ।

रमेश र लक्ष्मी प्रतिनिधि पात्र मात्रै हुन् । उनीहरु जस्तै धेरै ब्यक्तिले आफु संग भएको भारतीय रुपैयाँ कसरी साट्ने भन्ने चिन्तामा छन् । यस्को प्रत्यक्ष मारमा ब्यापारी पनि परेका छन् । घोराहीमा खाद्यको व्यापार गर्दै आएका राम करण शर्माले भारतिय पाँच सय र एक हजार रुपैयाँ नचल्ने भएपछि पसलका लागि सामान ल्याउन पनि नसकिएको बताए । उनले भने ‘ ब्यापारी संग प्रायः साना नोट भन्दा ठुला नोटको बढि कारोबारो हुने गर्छ , भारतले ठुला पाँच सय र एक हजारका नोट नचलाउने भएपछि ब्यापार पनि ठप्प हुने देखियो । ’ उनले थपे भारतमा नेपाली रुपैयाँ पनि चल्दैनन् । ’

दुई दिन देखी भारतबाट सामान भित्र्याउन नसकेको उनले बताए । उनले भने ‘ भारतीय ब्यापारीसंग भारतिय रुपैयामै कारोवार हुन्छ तर कारोवार गर्न पैसा नै नचल्ने भयो , अब कसरी कारोबारो गर्ने ? ’ दाङ उद्योग वाणिज्य संघका उपाध्यक्ष खड्ग वहादुर वुुढाथोकीले पनि यसको प्रत्यक्ष मार ब्यापरीले खेप्ने गरेको बताउछन् ।

उनी भन्छन् ‘ नेपालमा पाँच सय र हजार बाहेक अन्य भारु मनग्य छैन् , नेपाली रुपैयाँ भारतमा चल्दैन् , कसरी व्यापारीहरु सामान भित्र्याउन सक्छन । ’ उनले थपे ‘ उपभोक्ता र सरकारलाई केही हुदैन । सरकारले भन्सार उतिनै लिन्छ , उपभोक्ताले मुल्य उतिनै तिर्छन ,तर व्यापारीले वचत गरेको पैसा चल्दैन । मारमा व्यापारीहरु नै छन । ’

अहिले दाङ लगायत देशैभरका बैंक तथा बित्तिय संस्थाहरुले भारतीय रुपैयाँ सटही गर्न रोक्का गरेका छन् । राप्तीमा मात्रै झण्डै ५ करोड भारतीय रुपैयाँ रहेको जानकारहरु अनुमान गर्छन् । खुल्ला सिमाना भएकाले नेपालीहरु भारतमा श्रम गर्न जान्छन् । राप्तीका पाँचवटै जिल्लाबाट भारतमा मज्दुरी गर्न जाने गरेका छन् । जसबाट उनीहले बर्षेनी ५ करोड रुपैया राप्तीमा भित्र्याउने गरेको रुपैडिहा भान्सारको तथ्याङ्कमा छ ।

त्यसमध्य सबै भन्दा बढि पाँच सय र एक हजारका भारतीय नोट भित्रिने गरेको भान्सारले जनाएको छ । नुन देखी सुन सम्म भारतवाटै नेपाल भित्रने गरेको छ । तर भारतीय रुपैया नचल्ने भएपछि बजारमा दैनिक उपभोग्य लगायत अन्य सामाग्री आयत गर्न पनि समस्या थपिएको ब्यबसायीहरु बताउछन् । जस्ले गर्दा नेपालमा सामानको अभाब हुनसक्ने ब्यापरीहरुको भनाई छ ।

श्रमका लागि नेपालको जनशक्ति अन्य मुलुकहरुमा भन्दा वढि भारतमा जाने गर्छन् । नेपालमा मनग्य आम्दानी नहुने भएपछि अधिकांस नेपालीहरु खेतीपाती लगाएर मज्दुरी गर्न भारत जाने गर्छन् । प्रायः नेपालीहरु दशै र तिहारमा भारतवाट नेपाल फर्केन भएकाले पनि यो समयमा बढि भारतीय रुपैया वढि देखा पर्ने गरेको छ ।

नेपाल वैंक लिमिटेड दाङका प्रमुख चन्द्र प्रकाश अधिकारीले नेपालमा ४० प्रतिशत मात्रै भारतिय रुपैयाँले कानुनी मान्याता पाएको वताएका छन । अन्य सवै रुपैयाँ गैर कानुनी रहेको उनले वताए । औषधी उपचारका लागि नेपाल राष्ट्र वैंकले प्रतिव्यक्ति २० हजार रुपैया वरावार सटही गर्न मान्यता दिएको छ ।

तर यहाँ लाखौ रुपैया लुकाई छिपाई खुल्ला वजारमै किनमेल गरिएको छ । जुन गैर कानुनी छ । त्यस्को फाईदा विचौलीयाले लिई रहेका छन् । राप्ती समाचार