samsadकाठमडौ २६ कात्तिक ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि व्यवस्थापिका संसद्मा आजबाट फेरि छलफल अघि बढ्ने भएको छ । बिहान ११ बजे बोलाइएको बैठकमा अख्तियार प्रमुख कार्की विरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको छ ।

एमाले र माओवादी केन्द्रका एक सय ५७ सांसदले लगाएको महाभियोग प्रस्तावबारे संसदमा छलफलले निरन्तरता पाउन लागेको हो । महाभियोग प्रस्तावबारे कात्तिक ९ मा पहिलो छलफल भएको थियो । त्यसपछि तिहार, छठ लगायतका पर्व परेका कारण संसद बैठक स्थगित गरिएको थियो ।

महाअभियोगमाथिको पहिलो छलफल गत ९ कात्तिकमा भएको थियो । महाअभियोग माथिको छलफलमा भाग लिन ३८ जना सांसदले नाम टिपाइसकेका थिए । नाम टिपाउनेलाई रोलक्रम अनुसार आजदेखि बोल्न दिइनेछ । संसदको बैठक अघि सभामुख अर्तीले प्रमुख सचेतकहरु सहितको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छ ।।