तुलसीपुर २६ कात्तिक । शिव सेना नेपालका केन्द्रीय अध्यक्ष अरुण सुवेदीले नेपाललाई हिन्दु राष्ट्र कायम गरिनु पर्ने बताएका छन् । शिव सेना नेपालले बिहिबार तुलसीपुरमा आयोजना गरेको धार्मिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
विश्वमै एक मात्र हिन्दु राष्ट्रको पहिचान गुम्नेगरी नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएको उनीहरुले आरोप लगाएका छन् । उनले बहुसंख्यामा रहेका हिन्दुहरुको भावनालाई आत्मसात गर्दै हिन्दु राष्ट्र घोषणा गर्नुपर्नेमा जोड दिए ।
विश्वको एक मात्र हिन्दु राष्ट्र नेपाललाई बैदेशिक शक्तिको आडमा धर्म निरपेक्ष बनाइएको आरोप उनले आरोप लगाए । कुनैपनि शास्त्रमा कसैलाई कुनै समुदायलाई अलग्याउने उल्लेख नभएको भन्दै उनले छुवाछुत प्रथाको अन्त्य गर्नमा लाग्नुपर्नेमा जोड दिएका थिए ।
हिन्दु राष्ट्र बनाउने अभियान एकजुट भएर सशक्त रुपमा लाग्न सबैलाई आग्रह समेत गरेका छन् । सनातन हिन्दु धर्म र कला संस्कृतीको रक्षागरौं भन्ने सन्देशका साथ कार्यक्रम आयोजना गरिएको कार्यक्रम गर्नु पुुर्ब ज्योर्तिलिङ्ग रथ यात्राले तुलसीपुर बजार परिक्रमा गरिएको थियो ।
तुलसीपुरका त्रिशिद्धेश्वरी मन्दिरवाट सुरु गरिएको रथ यात्राले वजारका विभिन्न भागहरुको परिकर्मा गरेर अरनीको मैदानमा पुगेर कार्यक्रमको आयोजना गरिएको शिव सेना नेपाल युवा संगठनका जिल्ला सचिव राजेश त्रिपाठीले जानकारी दिए ।
शिव सेना नेपालले कार्तिक २१ गते काठमान्डौंको पशुपति नाथ मन्दिरमा धार्मिक पूजाआजाका साथ ज्योर्ति लिङ्ग रथ यात्रा सुरु गरेको थियो । उसको यो रथ यात्रा अभियान मुलुकका प्रमुख शहरहरु पोखरा, बुटवल, दाङ, नेपालगञ्ज हुँदै महाकाली सम्म सञ्चालन हुने छ । रथ यात्रा सुरु भएको २१ दिनपछि झापामा शिव भगवानको ज्योर्ति लिङ्गको प्रतिमा स्थापना गरि समापन गरिने जानकारी दिइएको छ ।
