शोभा रावत , तुलसीपुर २६ कात्तिक । तुलसीपुरमा क्लीन तुलसीपुर ग्रीन तुलसीपुर अभियान चलिरहदा बजार भित्रकै फाहर अझै ब्यबस्थापन हुन सकेको छैन् । तुलसीपुर उद्योग बाणिज्य संघ र तुलसीपुर नगरपालिकाको आयोजना तथा यहाँ क्रियाशिलब बिभिन्न संघसंस्थाको सहकार्यमा अभियान संचालन भएको करिब तीन महिना अर्थात १२ औं हप्ता सकिसकेको छ ।
तर अझै पनि तुलसीपुर बजार भित्रै रहेको साझा टोल बिकाश संस्थाको फोहर ब्यबस्थापन हुन सकेको छैन् । त्यहाँ रहेको आलु मण्डिले गर्दा पनि फोहर ब्यबस्थापन हुन नसकेको टोलबासीहरु बताउछन् । आलु मण्डी , मासु पसल लगायतबाट उत्पादन भएको फोहर जहाँपायो त्यही फाल्दा त्यस्तो समस्या उत्पन्न भएको हो । साथै तुलसीपुरका सार्बजनीक सौचालय अझै सञ्चालन हुन नसक्दा पनि उक्त टोलमा जथाभाबी दिशा पिसाब गर्ने गरेकाले पनि टोल फोहर हुने गरेको टोल बासीहरुको भनाई छ ।
त्यहाँका स्थानियले पटक पटक फोहरलाई ब्यबस्थित गर्न आग्रह गर्दा पनि मण्डी , तथा मासुपसलेहरुले अटेर गर्ने गरेको टोल बिकास संस्थाका कोषाध्यक्ष झकबहादुर बिकले बताए ।
उक्त टोलका बासिन्दाले नगरपालिकाको गाडि फोहर लिन पनि नियमित नआउने गरेको कोषाध्यक्ष बिकले बताए । त्यहाँ उत्पादन भएको फोहर ब्यबस्थापनका लागि सम्बन्धित निकायलाई पटक पटक आग्रह गर्दा पनि कुनै चासो नदेखाएको उनले गुनासो गरे । साथै उनले सोही टोलमा फोहर नफाल्न सबैलाई आग्रह पनि गरेका छन् ।
