इन्द्रेणी संवाददाता

रुकुम, ४ जेठ ।   व्यवस्थापिका संसद सामाजिक न्याय तथा मानवअधिकार समितिको टोलीले रुकुम पुगेर द्धन्दवाट प्रभावित क्षेत्रमा गरिएका पुनर्निमाण र पुनस्थापनाको अवस्थावारे जानकारी लिन सुरु गरेको छ । टोलीले जिल्ला स्थित कार्यालय प्रमुख, राजनैतिक दलहरुसँग छलफल गरेको छ ।

DSC09041यस्तै, स्थानिय शान्ति समितिको कार्यालयमा सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका उजुरीका वारेमा पनि छलफल गरेको छ । टोलीले १० वर्षे शसस्त्र द्धन्दको उद्गम थलो मानिने रुकुममा द्धन्द्धपछि पुर्ननिर्माण गरिएका भौतिक संरचनाहरुको स्थलगत अध्ययन र अनुगमन गर्नेछ ।

टोली आज शान्ति मन्त्रालयवाट गरिएका पुनर्निर्माण र पुनस्र्थापना सम्वन्धि कार्यक्रमहरुको स्थलगत अवलोकन गर्न जिल्लाको खारा पुग्ने छ । टोलीमा सहभागी सांसद दलजित सिर्पालीका अनुसार समितिका सभापति तथा राप्रका नेपालका नेता शुशिलकुमार श्रेष्ठको नेतृत्वमा सांसदहरु अष्टलक्ष्मी शाक्य, केदारनन्दन चौधरी, झुलवहादुर आले र दुलारी हरिजन रुकुम पुग्नुभएको हो ।।