रेखा मगर
दाङ, ४ जेठ
२०६९ सालमा रोल्पाको कुरेलीवाट दाङ झर्नुभएका ३६ वर्षिय कुम्भकर्ण घर्ति मगर घोराहीमा सक्रिय भएर कुखुरापालन गर्दै आउनुभएको छ । स्वदेशमा अवसर र पैसा छैन भन्ने युवाहरुको गलत मानसकितालाई गतिलो उदाहरण दिदै वुढाले कुखुरापालनवाट राम्रै आम्दानी गर्न सफल हुुनुभएको हो ।
पहिले रोल्पाका विभिन्न कुराकन्दरामा खच्चड व्यवसाय गर्नुभएका घर्तिले दाङ झरेपछि जिवन जिउने तरिका नै वदलिएको वताउनुुहन्छ । नेपालमा दैनिक सैयौ संख्यामा यूवाहरु खाडी मुलुकमा पुगिरहदा र दैनिक विदेशको भुमिवाट नेपालीको शव नेपाल आईरहदा उहाँ भने स्वदेशमै केहि गनुपर्छ भन्ने भावना जागेको अनुभव सुनाउनुुहन्छ ।
घर्तिले व्रोईलर पालनवाट ४ जना परिवारको आवश्यकता सहजै पुर्ति गर्न सफल हुनुहुन्छ । उहाँले एउटा छोरालाई काडमाण्डौमा राखेर विज्ञान विषय पढाईरहनुभएको छ भने एउटा छोरालाई पनि दाङ सदरमुकाममै बोर्डिङ स्कुलमा पढाईरहनुभएको छ । त्यतिमात्र होईन घोराहीमै २ वटा घडेरी, एउटा मोटरसाईकल र सामान ढुवानी गर्ने रिक्सा पनि किन्न सफल हुुनुहन्छ ।
काममा लगनशिल भएर मेहनत र परिश्रम गर्ने हो भने स्वदेशमै प्रगति गर्न सकिन्छ भन्ने जोस र जाँगरका साथ कुखुरा पालन सुरु गरेको उहाँ वताउनुहुन्छ । हाल घोराहीको भरतपुर नजिकैको जग्गा भाडामा लिएर कुखुरा व्यवसाय गरिरहनुभएका वुढाले बारीमा तरकारी फलाउनुभएको त छ नै संगसंगै बंगुर पालन पनि गर्नुभएको छ ।
बंगुरलाई मासुको आवश्यकता पर्ने हुदा कहिले काँहि कुखुरा मर्दा वंगुरलाई दिएर उपयोग गरेको घर्ति वताउनुुहन्छ । विगत वर्षमा रोल्पाको भौगोकि विकटतामा धेरै दुख गरेर परिवार पाल्दाको क्षण भन्दा अहिलेको काम र माम धेरै फरक रहेको उहाँको भोगाई छ । दुईवटा छोराको पढाई खर्च र आवश्यकतामा कहिल्यै कमि हुन नदिएको उहाँ वताउनुहुन्छ ।
यस्तै उहाँकी जीवन साथी ..वुढाले पनि श्रीमानको काध थापेर साथ दिनुभएको छ । सुरुमा ३ सय कुखुरावाट व्यवसाय सुरु गर्नुभएको वुढाले अहिले भने फर्ममा ४ सय कुखुरा राखेर र माँयाका साथ पालिरहनुभएको छ । सानो वच्चा फर्ममा ल्याएर २ महिना पालेपछि मासुका लागी तयार हुने र वजारका विभिन्न फ्रेस हाउसमा पु¥याउनुहन्छ भने ग्राकहरु फर्ममै आउने गरेको उहाँ वताउनुुहन्छ ।
एक वर्षमा ६ पाली कुखुरा फर्ममा राखेर हुर्काउने वुढाले १ लतमा नै १ देखी २ लाखसम्म फाईदा गर्नुहुन्छ । उहाँजस्ता लगनशिल र ईमान्दार भएर जुनकुनै ब्वयसाय गरेमा सवै युवाको जीवन नरंगेला भन्न सकिदैन । पछिल्लो समय युवाहरुको जिवन जिउने विकल्प नै वैदेशिक रोजगार हो भन्ने फेशनलाई परिमार्जन गर्दै यस्तै लगानी र अवसरको खोजीमा युवाहरुको ध्यान केन्द्रित हुन जरुरी छ ।
दाङ पछिल्लो समय कुुखरा व्यवसाय मौलाउदै गएको छ । सानो लगानी, थोरै समय र वजार भाउ राम्रै भएपछि यसप्रति कृषकहरुको आकर्षण वढ्दै गएको छ । वुढाजस्तै सक्रिय भएर व्यवुसायमा लागियो भने छोटो समयमा नै जीवन वदल्न सकिने उहाँवाट पाठ सिक्न सकिन्छ । नेपाल सरकारले वुढाजस्ता लगनशिल र उदाहणीय कृषकको उचित मुल्याँकन भने गर्नैपर्छ ।।