घोराही २५ कात्तिक । पारिवारिक आर्थिक अवस्थाका कारण छिल्लीकोटका पुर्णवहादुर पुन रोजगारीका लागि भारतमा गएर धेरै वर्ष मजदुरी गरेका छन् । तर, स्थानीय संभावना र कृषी उपजका कारण आज उनी गाँउमै वसी राम्रो आम्दानी गरिरहेका छन । विजौरी ९ छिल्लिकोटको पुन पारिवार पारिवारिक जोहोको आधार पछिल्लो समयमा मालागेडी ‘सुगन्ध कोकिला ’ र अदुवा खेती बनेको छ । रोेजगारीको शिलशिलामा करिव ६ वर्ष भारतमा विताएका पुनले आज मालागेडि र अदुवा खेतिवाट वार्षीक सात लाख जति आम्दानी गर्दै आएको बताउँछन् ।
पुनले आफ्नो छ जनाको पारिवारिक जोहो त्यही मालागेडी र अदुवा खेतिबाटै परिपुर्ती गरिरहेका छन् । उनले आफ्ना सन्ततिको शिक्षा दिक्षाको आधारपनि यही मालागेडी र अदुवा खेती नै हो । पुनले वार्षिक ९÷१० कुन्टल मालागेडी र ५÷६ कुन्टल अदुवा उत्पादन गर्ने गरेको बताए । छिल्लीकोट मालागेडी र अदुवा उत्पादनको पकेट क्षेत्रको रुपमा परिचित छ । तर, मालागेडीले पछिल्लो समय मुल्य नपाउँदा अपेक्षित लाभ लिन नसकिने चिन्ता पुनले जाहेर गरे ।
छिल्लिकोटमा अहिले करिव ९४ घरधुरी वसोवास छ । सवैको मुख्य पेशाको रुपमा मालागेडी र अदुवा खेती नै छ । पुनले भने ‘ पाँच वर्ष पहिले प्राय युवाहरु वैदेशिक रोजगारमै जान लालायित हुने गर्दथे , तर, आज प्राय सवै युवाहरुले व्यावसायिक मालागेडी र अदुवा खेती गरी आत्मनिर्भर वन्दै गएका छन् ।’
छिल्लिकोट वासी प्राय सबैका घर–घरमा मालागेडी र अदुवा खेती गरिएको छ । मालागेडी छिल्लिकोटवासीको परिचय जस्तै बनिसकेको छ । यहाँका स्थानीयको प्रमुख आय स्रोतको माध्यम नै यही बनेको छ ।
पुनले भने ‘ मालागेडी र अदुवा खेति नै हाम्रो मुख्य आयआर्जनको मुख्य स्रोत हो ।’ करिव १५ कट्ठा क्षेत्रफलमा मालागेडी र ७ कट्ठामा अदुवा खेति गरेको पुनले बताए । उत्पादन राम्रै हुने भएकोले आफुमा विदेश जाने सोच मै नरहेको पुनले बताए । तर, यो वर्ष मालागेडीले उचित मुल्य नपाउदा आँफु जस्ता किसान मर्कामा परेको उनले बताए ।
स्थानीय परविर पुनलेपनि पनि मालाडेडीले यो वर्ष उचित बजार मुल्य नपाउँदा आफुहरु मर्कामा परेको बताए । परविर पुन पनि रोजगारीको सिलसिलामा लामो समय भारतका विभिन्न ठाँउमा भौंतारिएका व्यक्ति हुन । त्यहाँको रोजगारी देखि दिक्क भएर फर्केका पुनले पनि व्यावसायिक रुपमा मालागेडी र अदुवा खेति गरेपछि आफ्नो व्यवसायिक स्थितिमा सुधार आएको बताए । उनले भने ‘ निरन्तर इमान्दारी पूर्वक स्रम गरेमा गाँउ घरमै बसेर परिवार संग रमाएरै राम्रै आम्दानी गर्न सकिने रहेछ ।’ तर, पुनले छिल्लिकोटको विकटाले गर्दा वजार लैजान सहज यातायातको सुविधा नहुँदा समस्या हुने गरेको बताए ।
यातायातको राम्रो प्रवन्धका लागि सडकको स्तर उन्नती आवश्यक रहेको बताएका उनले त्यही कारण विचौलीयाले फाईदा लिने गरेको बताए । उनले विचौलीका कारण सस्तो मुल्यमा मालागेडी र अदुवा फाल्नु पर्ने वाध्यता रहेको बताए । उनले भने ‘उत्पादन छ, तर, मुल्य छैन । वजारमा लग्यो विक्रि हुदैन, त्यसैले सस्तो मुल्यमा विचौलियालाई दिुनपर्ने बाध्यता छ । ’ चार घण्टाको पैदल यात्रापछि विजौरी , दुधरास, हेमन्तपुर लगाएतका स्थानीय वासीहरु वजारमा दैनिक उपभोग्य वस्तु किन्न जानु पर्ने बाध्यता छ । अझैपनि स्थानीयले मालागेडी र अदुवा वोकेरै वजार लैजानु पर्ने बाध्यता छ । हाल मालागेडीको मुल्य प्रति कुन्टल ९ हजार रुपैया र अदुवा ४ हजार रुपैया मात्रै मुल्य छ ।
यसैविच मालागेडी खेति गर्ने किसानले वन कार्यालयलाई छुट्टै राजस्व तिर्नुपर्ने बाध्यता छ । वन कार्यालयले मुल्य अनुसार यसकोे विक्रिका आधारमा करको मापदण्ड लागु गर्दा समस्या भएको पुनले बताए । उत्पादन गरेको बस्तुलाई खुल्ला रुपमा विक्रि वितरणका लागि प्रतिवन्ध लगाईदा किसानहरु मर्कामा परेको पुनले बताए । उनले भने ‘वाटो पनि छैन,उत्पादन वस्तुको मुल्य पनि छैन,विजुली पनि छैन र यही कारण हामीलाई समस्या छ ।’
