देवीराम कुसारी , गोल्टाकुरी २५ कात्तिक । दाङको स्थानीय तह र सिमा निर्धारणमा गोल्टाकुरीका जनतालाई उपेक्षा गरिएको भन्दै त्यसको विरोधमा हस्तक्षर संकलन अभियान सुरु गरिएको छ । जिल्ला स्तरिय स्थानीय तह र सिमा निर्धारण समितिको सिफारिसमा गोल्टाकुरी गाविसलाई दंगीशरण गाउँ कार्यपालिकामा गाभि श्रीगाउँको बागरमा केन्द्र रहने सिफरिस समितिको निर्णय प्रति गोल्टाकुरीवसीले असहमति जनाउँदै आएका छन् । यहाँका राजनीतिक दलहरु समेत विरोधमा उत्रिएका छन् ।
उनीहरुले प्रशासनमा ज्ञापन पत्र समेत बुझाई सकेका छन् । सिफरिस समितिको निर्णय सर्वाजनिक भए लगतै आपत्ति जनाउदै डेलिगेसन गएका दलहरुले वैठकको आयोजनागरी विरोध र हस्ताक्षर संकलन गर्न थालेका हुन । गाविसमा बुधवार भएको सर्वदलिए एंव सर्वपक्षिय वैठकमा दलका प्रतिनिधीहरु बाटै पहिला हस्ताक्षर सुरु भएको हो ।
समितिको सिफरिसले पहिला लिदै आएको सेवा लिनलाई दुई गुणा बढी समय लाग्ने र परिश्रम पनि बढी लाग्ने भएकोले नयाँ प्रस्तावित गाँउ पालिका र त्यसको केन्द्रमा गोल्टाकुरीलाई समावेश नगर्न आग्रह गर्दै आएका छन् । ‘हामीलाई तुलसीपुर वाट सेवा लिदा जती समय लाग्थ्यो त्यो भन्दा बागर वाट सेवा लिन दुई गुणा बढी समय लाग्छ ।’ नेपाली काग्रेस गोल्टाकुरी गाउँ इकाई सभापति प्रकासमान वलीले भने – ‘पुनरसंरचना जनतालाई सेवा दिनका लागि हो वा थप दुःख दिनको लागि हो , त्यसको ख्याल गरिनुपर्छ ।’
गाविसमा यसअघि वसेको सर्वदलिय वैठकले समेत गोल्टाकुरी गाविस पुरैलाई तुलसीपुर नगरपालिकामा गाभ्ने निर्णय सिफारिस समितिलाई पठाएको थियो । तरपनि त्यसको विपरित भएपछि स्थानीयवासी रुष्ट बनेका छन् । आफुहरुको मागको सुनुवाई नभए आन्दोलित बन्ने काँग्रेस सभापति वलीले बताए ।
अभियानमा नेपाली काग्रेस गोल्टाकुरी गाउँ इकाइ सचिव नन्दराम केसी, माओवादी केन्द्र गोल्टाकुरीका अध्यक्ष धनविर चौधरी, एमाले गोल्टाकुरीका अध्यक्ष चित्रलाल चौधरी, मधेशी जनअधिकार फेरामका झगेन्द्र केसी, राप्रा नेपालका नोखिराम खत्री, राप्रपाका युवराज खड्का लगाएतको अगुवाई रहेको छ ।
पछिल्लो गाँउ पालिकाको खाका प्रति गोल्टाकुरीको नागरिक सचेतना केन्द्रका सदस्य पनि असन्तुष्ट रहेका छन् । गोल्टाकुरीको सातटाकुरा वाट सेवा लिन बागर जानु भन्दा घोराही जान सजिलो हुने सचेतना केन्द्रका संयोजक टिका रानाले वताइन । उनले यो सिमांकन अव्यवहारिक रहेको दाबी गरिन । उनले यो सच्याउन आवश्यक रहेको बताइन ।
