sadak-battiमनोज कुमार आचार्य , तुलसीपुर २५ कात्तिक । तुलसीपुर १४ स्थित तुलसीवन्दना टोल विकास संस्थाले आफनो सेवा क्षेत्रको सडकमा सडक वत्ति जडान गरेको छ । टोल विकासले आफनो १० हजार लागानी र तुलसीपुर नगर पालिकाको प्राविधिक सहयोगमा टोल क्षेत्रको सडकमा सडक वत्ति जडान गरेको हो ।

तुलसी वन्दना टोल विकास संस्थाले वुधवार एक कायाक्रमको आयोजना गरी सडक वत्तिको उद्घाटन गरेको छ । स्थानीय वयोवृद्ध धर्मदास चौधरीले स्वीच अनगरी सडक वत्तिको उद्घाटन गरेका हुन । टोल विकास संस्थाका अध्यक्ष मंगली चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव मनोजकुमार आचार्यले गरेका थिए ।