ganesh-man-shingघोराही २५ कात्तिक ।  प्रजातान्त्रिक आन्दोलनका सर्वोच्च कमाण्डर एंव लौह पुरुष  गणेशमान सिंहको १०१ औं जन्म जयन्ती वुधवार एक कार्यक्रमका विच मनाइएको छ ।  गणेशमान सिंह चिन्तन केन्द्र दाङको आयोजनामा  जयन्ती मनाइएको हो ।  केन्द्रका अध्यक्ष तुलसी राणाको अध्यक्षता , नेपाली काँग्रेस दाङका पुर्व पार्टी उप–सभापति एंव महासमिति सदस्य अर्जुन कुमार श्रेष्ठको प्रमुख आतिथ्यता एंव जिल्ला पार्टी सचिव शंकर प्रसाद डाँगीको विशिष्ट आतिथ्यतामा कार्यक्रम गरिएको हो ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले सिंहको योगदान नेपालको क्रान्तिमा कसैसंग तुलनागर्न नमिल्ने बताए । प्रजातन्त्रका लागि व्यक्तिगत स्वार्थ त्याग्ने र ज्यानको बाजि लगाउने महान नेता श्रेष्ठले देखाएको वाटो अबलम्वन गरेमा प्रजातन्त्रको अस्तित्व रक्षागर्न सहज हुने उनले बताए । गणेशमान जस्ता नेताको योगदान र उनले देखाएको बाटोको उचित अनुशरण नहुँदा आज काँग्रेसमा समस्या देखिएको उनले बताए ।

उनले भने ‘सिंहले २०४६ सालको जनआन्दोलनमा स्थापित गरेका रणनीति र सपनालाई जव सम्म पुष्टिगर्न काँग्रेस लाग्दैन तव सम्म मुलुकको हित हुने छैन ।’   कार्यक्रमका विशिष्ट अतिथि नेपाली काँग्रेस दाङका सचिव शंकर प्रसाद डाँगीले सिंहले दिएका उपदेश नेपाल र नेपाली स्वतन्त्रता र रक्षाका  लागि मार्गदर्शन समान रहेको बताए । जव सम्म लौह पुरुष सिंहको त्यागको अनुशरण पार्टीमा इमान्दारी पूर्वक हुने छैन तव सम्म प्रजातन्त्र र देशको विकास नहुने उनले बताए ।

उनले गणेशमान नभइ दिएको भए नेपाली राजनीतिको हालको उपलब्धि संभव नहुने बताए । सचिव डाँगीले भने ‘साहसका प्रतिमुर्ती , त्यागका प्रतिमुर्ती, प्रजातन्त्रका सच्चा सिपाही गणेमान सिंहले देखाएको बाटोको अनुशरण आजको आवश्यकता रहेको बताए । कार्यक्रममा वीपी चिन्तन केन्द्रका अध्यक्ष विनोद पोख्रेल , वविता केसी ,पुर्व जिल्ला पार्टी सह–सभापति मोहनलाल ओली , महासमिति सदस्य खगराज पाण्डे , केन्द्रका सदस्य  दिपा ओली , घना जिसी , महिला संघकी गोमा रावत , नगरसभापति मनोज वुुढाथोकी ,क्षेत्रीय उप–सभापित भगत सिंह भण्डारी ,तरुण दलका जिल्ला अध्यक्ष टिका घर्ति लगायतले लौह पुरुष सिंहको योगदानको चर्चा गरेका थिए ।

उक्त कार्यक्रममा क्षेत्रीय सभापति गिरिराज सुवेदी ,सदस्य कमान सिह भारती , प्राध्यापक किशोर पोख्रेल लगाएतकाले सम्वोधन गरेका थिए । केन्द्रका उप सभापति बद्री खड्काको स्वागत मन्तव्य वाट सु्रु भएको कार्यक्रमको सहजीकरण सचिव निर्मल गौतमले गरेका थिए ।