तुलसीपुर २५ कात्तिक । तुलसीपुरको वसपार्कवाट गत कार्तिक १० गते एकाविहानै लुटपात भएको गदद १६ लाख रुँपैयाको बारेमा अझैं पत्ता लागेको छैन । लुटपात भएको १४ दिन पुग्दा समेत लुटपातमा सम्लग्न गिरोह पत्ता लगाउन प्रहरी सफल भएको छैन । आँखामा खुर्सानीको धुलो हालि दिएर १० गते विहान ५ बजे दुर्गा लामिछानेको साथवाट १० लाख भारतीय नगद रुँपैया लुटपात भएको थियो ।
एउटा मोटरसाईलमा चढेर आएका तीन जना नकाप धारीले लामिछानेको आँखामा खुर्सानीको धुलो हालेर रकम लुटेको प्रहरीले बताएको थियो । लामिछाने बुटवल बस्तालयमा लामोसमय देखि कार्यरत कर्मचारी हुन । बुटवल बस्तात्रलयका प्रोपाईटर राजकुरमा श्रेष्ठले लामिछानेलाई उक्त रकम दिएर पसलको सामान ल्याउनका लागि भन्सारगर्न गर्न पठाएको जानकारी दिएका थिए । उनले कृष्ण नगर भन्सारमा उक्त रकम पठाउनका लागि दिएको बताएका थिए । तर, प्रहरीका अनुसार एउटा व्यक्तिले त्यति धेरै भारतीय रुँपैया राख्नु बैद्य मानिदैन ।
१० लाख नगद भारतीय रुँपैया लुटेपछि तुलसीपुर १४ चैलाही निवासी लामिछानेलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले सोही दिन नै पक्राउ गरि अनुसन्धान थालेको थियो । तर, उनले त्यसमा लुटपातमा आफ्नो सम्लग्नता अस्विकार गर्दै आएकोले उनले सत्य वा झुटो के बोलेका हुन भन्ने तथ्य पत्ता लगाउन प्रहरीले पोलि ग्राफ मेसिन मगाएर अनुसन्धान थाल्ने भएको छ । पोलि ग्राफले कुनैपनि व्यक्तिले झुट गरेको पत्ता लगाउने गर्छ । उच्च प्रवृधि अर्थात कम्प्यूटर बाट कुनै पनि अपराधिक घटनामा सम्लग्न व्यक्तिले झुट बोले नवोलेको पत्ता लगाउन पोलि ग्राफ प्रयोग गरिन्छ ।
आशंका गरिएको व्यक्तिको औंला र शरिरका विभिन्न भागमा पोलि ग्राफ मेसिन जडान गरिन्छ । र यदी आरोपित व्यक्तिले झुटो बोलेमा उसको हृदय धड्कन, स्नायू तन्तु, रक्त चाप, शरिरको कम्पन आदीमा निकै उतार चढाब आउँछ र त्यसैको आधारमा अपराधमा सम्लग्न भए नभएको पत्ता लगाइन्छ । तर, यो पोलि ग्राफको प्रयोग बाट सत प्रतिसत अपराधि पत्ता लाग्छन् भन्ने पुष्टि भने हुन सकेको छैन ।
यसअघि तुलसीपुरकै पब्लिक ज्ञानज्योति उच्च माविको एकाउन्ट शाखाको ढोका फोडेर पाँच लाख नगद चोरी भएको थियो । तुलसीपुर ६ बरुवा गाँउ स्थित उक्त चोरी काण्ड गत जेठ २ गते राति शनिवारका दिन चोरी भएको थियो । विद्यालय भित्रैका कर्मचारीको त्यसमा मिलेमतो छ कि भन्ने आशंका गरि प्रहरीले उक्त घटनाको सत्य तथ्य पत्ता लगाउनका लागि समेत पोलि ग्राफ झिकाएर अनुसन्धान गरेको थियो । उक्त उच्च माविका केही शिक्षक र कर्मचारीहरुमा पोलि ग्राफ टेस्ट गरिएपनि चोर पत्ता लगाउन भने प्रहरी असक्ष बनेको थियो ।
त्यसैले पनि पोलि ग्राफको प्रयोगले सतप्रतिसत परिनाम निकाल्ने विश्वास भने गर्न सकिदैन । तुलसीपुर क्षेत्रमा केही समय यता ठूला ठूलो चोरी र लुटपातका घटना हुँदै आएको भएपनि लामो समय विति सक्दा सम्म पनि प्रहरीले घटनामा सम्लग्न व्यक्ति पक्राउ गर्न सकेको छैन । वीपी चोक स्थित राप्ती मनि टान्स फर्मरबाट भदौ ६ गते विहान १ बजेतिर चोरी भएको ५ लाख बढी रकम चोरी गर्ने व्यक्तिलाई समेत प्रहरीले अझै फेला पार्न सकेको छैन । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक एवं पवक्ता खुमानन्द पाण्डेका अनुसार प्रहरीले अनुसन्धान भने जारी नै रोखेको बताए । चोरी गर्ने व्यक्ति सिसी क्यामेराको फुटेमा स्पष्ट देखिएको भएपनि चोरको पहिचान गर्न र समात्न प्रहरी अझै सक्षम हुन सकेको छैन ।
त्यस्तै सोही मनि टान्स फर्मरवाट रकम निकाले लगतै भदौ १० गते रोल्पा वडा चौर गाविस वडा नं। ४ निवासी २६ बर्षीय एञ्जल भिजन गुरुङको दुई लाख रुँपैया नागकिय ढंगले लुटपात भएको थियो । ठेकेदार गुरुङलाई काउछो हालेर , कपडामा फोहर बस्तु हालेर झुक्काएर शुक्रवार विहान साढे ११ बजे मुख्य बजारवाटै लुटपात भएको थियो । लुटपातमा सम्लग्न रहेका एकजनालाई नजिकै रहेका सशस्त्र प्रहरीले १५ मिनेट भित्रै नियन्त्रणमा लिएको थियो । पक्राउ परेका भारतको सिलगुढी निवासी १५ बर्षीय सञ्जु ग्वाला अझैं प्रहरी हिरासतमा छन् । तर, दुई लाख रकम सहितको गुरुङको झोला समातेका भारत सिलगुढीकै फरार अभियुक्त १७ बर्षीय गोविन्द सिंहलाई भने अझैं प्रहरीले पक्राउ गर्न सकेको छैन ।
त्यस्तै तुलसीपुरको ‘घ’लाईन स्थित बागेश्वरी सुन चाँदी पसलवाट भदौ १२ गते एकजना महिलाले पसल सञ्चालक इन्द्रविर डाँगीलाई झुक्काएर एक तोलाको सुनको सिक्रि लगेर बेपत्ता भएकी थिईन । तत्कालिन बजार मुल्य ६५ हजार बढीको गहना लैजाने महिला समेत सिसी क्यामेराको फुटेजमा स्पष्ट देखिएको भएपनि ति महिलाको वारेमा खोजि निधि गरेपनि प्रहरी उनलाई पक्राउ गर्न अझैं सकेको छैन ।
त्यस्तै तुलसीपुर ६ भगवती टोल निवासी महेन्द्रबहादुर शाहको घरमा दशैंको समयमा चोरी भएको थियो । चोरले दुईवटा ल्यापटप, ३२ इञ्जको एकथान एलसिडी टिभी, १० थान रिचार्जेबल बल्व र माटोको भूर्की फोडेर ३४ हजार नगद चोरी गरेको थियो । उक्त चोरीको घटनामा सम्लग्न चोरहरुको समेत प्रहरीले अझैं अत्तोपत्तो लगाउन सकेको छैन । केही महिना यता तुलसीपुर क्षेत्रमा घटेका केही ठूला खालका चोरी र लुटपातका घटना यिनै हुन । र यि घटना नियाल्दा प्रहरीले जनअपेक्षा अनुरुप काम गर्न सकेको देखिदैन । चोरको पहिचान गर्न र पक्राउ गर्न नसक्दा तुलसीपुर क्षेत्रको सुरक्षा व्यवस्था मै प्रश्न उठ्ने गरेको छ । राप्ती समाचार
