काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समयमा सरकार र पार्टीविरुद्ध चौतर्फी हमला भएकाले त्यसको प्रतिरक्षा गर्न कार्यकर्तालाई आग्रह गरेका छन् ।
अनेरास्ववियू (क्रान्तिकारी)ले यहाँ आज आयोजना गरेको ‘अगुवा प्रशिक्षण कार्यक्रम’मा नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका उनले सामाजिक सञ्जालमार्फत विस्तारै विस्तारै माओवादी सिद्धान्तविरुद्ध नै प्रहार हुन थालेको भन्दै चिन्ता व्यक्त गरे ।
उनले भने, “अहिले सामाजिक सञ्जाल र केही मिडियामार्फत हामीमाथि आक्रमण र घेराबन्दी भइरहेको छ । त्यसैले पार्टीको नेतृत्व र सरकारले गरेका राम्रा कामको प्रतिरक्षा गर्न युवा विद्यार्थीले भूमिका खेल्नुपर्छ ।”
