काठमाडौं । अमेरिकाको राष्ट्रपति निर्वाचनमा बिजय हासिल गर्ने रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पलाई प्रधानमन्त्री प्रचण्डले बधाई ज्ञापन गरेका छन् ।

donald-trump-us-presidentप्रधानमन्त्री प्रचण्डले आज अपरान्ह ट्वीटरमार्फत ट्रम्पलाई जितको बधाई दिएका हुन् । उनले ट्वीटरमा उल्लेख गरेका छन् ‘अमेरिकाको ४५औं राष्ट्रपतिको रुपमा चुनिएका डोनाल्ड ट्रम्पलाई हृदयदेखि बधाई । सफल कार्यकालका लागि पनि शुभकामना ।’

    Congratulations to Mr. Trump being elected as 45th president of United States of America. I wish all the best for the successful tenure.

    — PM Puspakamal Dahal (@PM_Nepal) November 9, 2016

यसैगरी परराष्ट्र मन्त्रालयले पनि अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएको छ ।

मंगलबार भएको निर्वाचनमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई हराउँदै ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।