४ जेठ, काठमाडौं ।
संघीय गठवन्धनले आजबाट बालुवाटार घेराउ गर्ने भएको छ । लगातार दुई दिन सिंहदरवार घेराउ गरेको गठवन्धनले बालुवाटार घेराउ गर्ने निर्णय गरेको हो । गठवन्धनको सोमबार अपराहृन बसेको बैठकले मंगलबार विहान १० बजे बालुवाटार घेराउ गर्ने निर्णय गरेको हो ।
माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाव दिने भन्दै बालुवाटार घेराउ गर्न लागिएको गठवन्धनले जनाएको छ ।
गटबन्धनले बुधबार शान्तिबाटिकामा बिरोध सभा गर्ने निर्णय गरेको छ । गठबन्धनले सोमबार सिंहदरबार घेराउका क्रमममा माइतीघरमा सामान्य झडप भएको थियो ।
गठबन्धनले आन्दोलनमा सरकारी दमन भएको भन्दै त्यसको निन्दा र भत्र्सना गरेको छ । यसैबीच जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी प्रधानमन्त्री निवास बालुवाटार आसपासका महत्वपूर्ण स्थानमा निषेधित क्षेत्र तोकेको छ ।
जिल्ला सुरक्षा समितिको बैठकले सोमबार रातिदेखि लागू हुने गरी थप संवेदनशील क्षेत्रमा अर्को आदेश नभएसम्मका लािग निषेधित क्षेत्र तोकेको हो ।










