रेखा मगर
दाङ, ४ बैशाख
गर्मीका कारण कुखुरा उत्पादनमा कमी आएपछि दाङमा मासुको भाउमा एकरुपता देखिएको छैन । वढ्दो खडेरीसंगै किसानहरुले पालेको कुुखुराहरु मर्न थालेपछि जिल्लामा कुखुरा व्यवसाय प्रभावित भएको छ । कुखुरा व्यवसायी महेन्द्र वुढाथोकीका अनुसार गर्मी मौसममा व्रोइलर उत्पादनमा पनि कमी आएको र त्यसमाथि पनि वाहिरी जिल्लाको मागलाइ दाङले नै परिपुर्ती गर्ने भएकाले केहि समस्या थपिएको छ ।
दाङ भन्दा तराइका जिल्लामा गर्मी मौसममा व्रोइलर कुखुरा उत्पादन नहुने भएकाले पनि यहाँको कुखुरा नेपालगन्ज, वुटवल लगाएत वजारमा पठाउनुपर्ने अवस्थाले यहाँको माग धान्न नसकेको उहाँले जानकारी दिनुभयो ।
जिल्लाको हकमा माग वढि रहेको तर उत्पादनमा कमी आँउदा समस्या भएको उहाँको भनाइ छ । यस्तै, कुखुराहरु श्वासप्रश्वासका कारण मर्न थालेपछि पनि समस्या निम्तिएको छ ।
सहज रुपले कुखुरा पाउन नसक्दा फे्रस हाउसहरु पनि वन्द हुने अवस्थामा पुगेका छन भने मासुको भाउमा फरकफरक मुल्य देखिएको छ । घोराही वजारमा पछिल्लो समय काटेको मासु प्रतिकिलो ३ सय २० पुगेको छ भने तुलसीपुर क्षेत्रमा २ सय ८० रुपैयाँमै विक्रि भइरहेको छ ।
गर्मीमा व्रोइलर कुखुरामा लाग्ने सिआरडी रोगका कारण अधिकांश किसानले उत्पादन गर्न नसकेको वताइएको छ । साथै मासुको भाउमा एकरुपता नहुँदा र सहज रुपमा मासु पाउन नसक्दा व्यवसायमा समसया थपिएको होटेल व्यवसायीहरुको भनाइ छ ।।