बस्नेत प्यानलको टुङ्गो लाग्यो, महासचिवमा पाण्डेय

काठमाडौं जेठ ३ । सञ्चार क्षेत्रको सर्वाधिक बलियो र लोकप्रिय संगठन प्रेस चौतारी नेपालको अधिवेशनको सरगर्मी बढेको छ । अधिवेशन मार्फत नयाँ कार्य समिति बन्ने भएपछि नेतृत्व हत्त्याउनका लागि पत्रकार नेताहरुले आ–आफ्नै ढंगबाट प्रयास जारी राखेका छन् । यही क्रममा नेकपा एमालेको संस्थापन पक्षले लामो गृहकार्य गरेर गणेश बस्नेतको नेतृत्वमा चुनावी प्यानल निर्माण गरेकोछ । विशेष श्रोतका अनुसार चौतारीका कुशल  संगठक गणेश बस्नेतको नेतृत्वमा संस्थापन पक्ष निर्वाचनमा होमिन लागेको छ । बस्नेत प्यानलको वरिष्ठ उपाध्यक्षमा कुशलबाबु  बस्नेत, समावेशी उपाध्यक्षमा निमा काफ्ले, महिला उपाध्यक्षमा टीका विष्ट, महासचिवमा गणेश पाण्डेय, उपमहासचिवमा देविका घर्ती मगर र रामकृष्ण शर्मा निर्वाचनमा होमिन लाग्नु भएको छ ।

press chautariयसैगरी बस्नेत प्यानलबाट प्रदेश नम्वर १ बाट उपाध्यक्षमा लिलाराज भट्टराई, २ बाट उपाध्यक्षमा लालबाबु शेख, ३ बाट विश्वमणि सुबेधी, ४ बाट हरि बास्तोला, ५ बाट सविन प्रियासन, ६ बाट बिरबहादुर गिरी र ७ बाट नरेन्द्र साउद निर्वाचनमा होमिन लागेको विशेष श्रोतले जनाएको छ । श्रोतका अन’सार बस्नेत प्यानलबाट कोषाध्यक्षमा टेकराज थामी, लेखा संयोजकमा जे पाण्डेय, अनुसाशान आयोगमा चेतन अधिकारी निर्वाचनमा होमिन लाग्न’भएको छ । अन्य पद र सदस्यहरुको टुङ्गो ५ गते भित्र लाग्ने बताइएको छ । बस्नेत प्यानलबाट निर्वाचनका लागि तय गरिएका सबै पदाधिकारीहरु वर्तमान कार्य समितिको महत्वप“र्ण जिम्मेवारीमा ह’न’ह’न्छ । प्रेस चौतारी नेपालको यही जेठ ६ गतेबाट काठमाडौंमा ह’न लागि रहेको आठौं महाधिवेशनका लागि देशभरबाट ७ सयको हाराहारिमा प्रतिनिधिहरु समावेश ह’नेछन् । अधिवेशन मार्फत सर्वसम्मत नयाँ कार्य समिति चयन गराउनका लागि एमाले नेताहरुले अझैं पनि प्रयास जारी राखेको श्रोतको भनाई छ