निर्जला गहतराज
घोराही,३ जेठ । नेकपा एमालेका पोलिटव्यरो सदस्य तथा सचेतक गोकुल घर्तिले कम्प्युनिष्टवाट देशको आर्थिक विकास गर्नका लागि कम्युनिष्टहरुका विचमा एकता हुन आवश्यक रहेको बताउनुभएको छ । नेकपा एमाले घोराही नगर कमिटिले सोमवार घोराहीमा आयोजना गरेको २३ औँ मदन आश्रीत दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै घर्तिले नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताका माध्यमवाट अगाडि बढाउन सकेमा कम्युनिष्टहरुले चाहेको समाजवाद सजिलै प्राप्त गर्न सकिने भएको थियो ।‘ तत्कालिन समयमा पनि मदन भण्डारीले कम्युनिष्टहरुको एकतावाटै देशको विकास गर्न सकिन्छ भन्ने भावनाका कारण पाटी एकता गरी पाटीलाई अघि बढाउनुभएको भन्दै प्रमुख सचेतक घर्तिले अहिले पनि देशमा प्राप्त भएका उपलव्धीहरुलाई सस्थागत गर्नका लागि कम्युनिष्टहरुका विचमा एकताको आवश्यकता रहेको बताउनुभएको थियो ।’ त्यसको नेतृत्व नेकपा एमालेले गरेर अघि बढ्नुपर्ने बताउनुभएको थियो ।

ggg‘ मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदालिय जनवादको सिद्धान्तलाई पुरा गर्नका लागि सम्पुर्ण पार्टीका कार्यकर्ताहरु एक ढिक्का भएर लाग्नुपर्ने बताउनुभएको थियो ।’ पाटीलाई शसक्त गतिशिल बनाउनका लागि गुटगत राजनीति छोडेर जननेता भण्डारीले देखाएको बाटोमा हिड्न हिड्न आवश्यक रहेको बताउनुभएको थियो ।  भण्डारीले प्रतिवादन गरेको सिद्धान्तकै आधारमा देशको आर्थिक विकास गर्दै जनतालाई समृद्ध बनाउन सकिने समेत घर्तिले बताउनुभएको थियो । त्यस्तै कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य तथा राप्ती अञ्चल इन्चार्ज खेममान खडकाले गुटगत राजनीतिका कारण पार्टी कमजोर हुने भएकाले पार्टीलाई बलियो र शसक्त बनाउनका लागि गुटगत राजनीति छोडेर भण्डारीले देखाएको बाटोमा नेता कार्यकर्ताहरु हिड्न आवश्यक रहेको बताउनुभएको थियो । ‘ पार्टी र जनताको हितका महत्वपुर्ण त्याग गर्ने भण्डारीको जीवनीवाट नेता कार्यकर्ताहरुले सिक्दै पाटीका लागि अघि बढ्नुपर्ने बताउनुभएको थियो ।

त्यस्तै नेकपा एमालेका बैकल्पीक केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज मेटमणि चौधरीले पाटीलाई शसक्त र पहिलो पाटी बनाउनका लािग नेता कार्यकताहरु पाटीको विधि विधानलाई मानेर अघि बढ्नुपर्ने बताउनुएको थियो । ‘जिल्लामा केही व्यक्तिहरुले पाटीको निती नियम भन्दा बाहिर गएर पार्टीको बदनाम गराउने काम गरेको भन्दै त्यस्ता व्यक्तिहरु समयसँगै आफुै सिद्धिएर जाने भएकाले त्यस्ता नेतृत्वकोपछि नलाग्न कार्यकर्ताहरुलाई अनुरोध गर्नुभएको थियो ।

13242082_1031810536910940_1604245777_oकार्यक्रममा बोल्ने अन्य बक्ताहरुले  पार्टीलाई शसक्त बनाउदै देशकै प्रमुख पाटीका रुपमा अघि बढाउनका लागि गुटगत राजनीतिको अन्त्य गर्दै नेतृत्व अघि बढ्नुपर्ने बताउनुभएको थियो । त्यसका लागि आफुहरुले सहयोग गर्न तयार रहेको बताएका थिए । नेकपा एमाले घोराही नगरकमिटिका अध्यक्ष लक्षीन बुढाको अध्यक्षता तथा उपाध्यक्ष रमेश आचार्यको स्वागत मन्तव्यवाट  सुरुभएका कार्यक्रममा प्रगतिशिल प्रध्यापक संघका केन्द्रीय सचिव डिलारम भटराई,नेकपा एमाले दाङका मोर्चा विभाग प्रमुख विवेक श्रेष्ठ,नेकपा एमाले घोराही नगर इन्चार्ज भरत अर्याल,नेकपा एमालेकी हुमा डिसी लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकण नगर सचिव विष्णु गिरीले गर्नुभएको थियो ।