1936309_864109830365951_5732929355605649629_n (1)

दिपक घिमिरे

हाकीम बन्ने सपना मनमा पलायो , उसो त सानामा कसैले ठुलो भयसी के बन्ने बाबु भनेर सोध्दाँ कहिले डाक्टर बन्ने भनिन्थ्यो त कहिले पाईलट तर ति सबै औकात भन्दाँ माथीका रहेछन । त्यसैले होला अब धेरै पढेर हाकीम साब बन्ने रहर लाग्न थालेको ।

‘ बा हाकीम साब बन्नका लागी कति पढनु पर्छ ? ’

भैसीलाई  दिने पराल आटी बाट निकाल्दै गरेका बा लाई एक्कासी प्रश्न गरे । बा खिस्स हास्नु भो अनि थाकेको स्वरमा भन्नु भो ‘ बिए पाँस गरेसी बल्ल हाकीम बनिन्छ । ’

अब मनमा फेरी एक कुरा ले सतायो , हैन यो बिए भन्या चै कति हो ? बा लाई फेरी सोधे ‘ बिए भन्या कति हो बा ? ’

‘ पन्द्र क्लाँस लाई बिए भन्चन । त्यो पाँस गरेसी हाकीम का लागी योग्यता पुग्च बुझिस । ’

बा को कुरा नबुझ्ने कुरै थियन , बुझे बा भन्दै कोठामा गए । पन्द्र पाँस गर्न अझै मलाई बार तेर बर्ष लाग्ने वाला थियो । त्यो पनि लगातार पास भय भने , तर हाकीम बनेरै छाडने लक्ष्य थियो ।

हाम्रो गाँउकै किस्ने अंकल अस्ति भर्खर हाकीम साब बनेर शहर गए । उनको कत्रो ईज्जत भयो हाम्रो गाँउमा । त्यती मात्र कहाँ हो र फने डाँगीको छोरो रमेश पनि खर्दारमा नाम निकालेर पल्लो गाउको गाबिस कार्यालयमा आयको छ रे भनेर गाँउ भरी चर्चा थियो । तिनीहरुको कत्रो ईज्जत थियो त्यो मलाई राम्ररी थाहा थियो । त्यसैले राम्ररी पढेर पन्द्र क्लास पाँस गर्नु थियो , पास गरेकै अर्को साल त म पनि हाकीम साब बनेर शहर छिर्दा गाँउभरी मेरा कुरा गर्थे भन्ने सोचेर मन त्यसै रमाउन थाल्यो ।

‘ बा म पनि हाकीम बन्ने हु । ’

साझको भात खादै गरेको समयमा सबैका सामु बा लाई सम्बोधन गरेर आफ्नो लक्ष्य सुनाए । आमा खुशीले मख्ख पर्नु भो । सायद आखाँमा मलाई हाकीमै देख्नु भयछ क्यारे किच्च दात पार्दै एक टकले मलाई मात्र हेर्नु भो । बा चै भातको गास निल्दै बोल्नु भो ‘ गफ लायर हाकीम बनिदैन , पढनु पर्छ । ’

‘ म पन्द्र क्लास पाँस गर्छु बा । अनि हाकीम भयरै छाडछु । ’

जसरी भयनि हाकीम हुने सपना देखेको मैले पन्द्र पास गर्नु सामान्य हो जस्तो गरेर बा लाई जवाफ फर्काए ।

‘ पास गरेर मात्र हुदैन , तगडा नम्बर ल्याएर पाँस हुनु पर्छ । त हिम्मत गर , पढाउने म छु । ’

बा को हिम्मत ले मनमा अरु धेरै आशा पलायो ।

गाँउको पाखो बारीमा फलेका मकै र बगैसोताको बगरमा फल्ने धानले बल्ल बल्ल बर्ष भरीको छाक टार्न सकिन्थ्यो । बाकि पढाईका लागी अनि मिठो मसिनो खाना र चाडपर्बका लागी भगवान भरोसा हुन्थ्यो हाम्रो परिवार लाई । कोही आफ्mन्ती आए अलिकती पैसा छाडीदिन्थे , मामा घर गैयो भने टिका दक्षिणा बाट धेरथोर नगद हात लाग्थ्यो । त्यो पनि भयन भने चै ऋण काढनुको बिकल्प थियन ।

मैले पढेर हाकीम बन्ने सपना देख्नु र बा ले आफु बिकेर भयनि छोराछोरीलाई पढाउने बाचा गर्नु खुशीका कुरा थिय तर समय हाम्रो अनुकुल थियन । पन्द्र पाँस गर्दा सम्म पढाउन सक्ने बा को सम्पतीले भ्याउदैनथ्यो । ऋण पनि कहिले सम्मका लागी गर्ने , कसरि तिर्ने भन्ने अनेकौ सवाल जवाफ मनमा थिय ।

एकातिर हाकीम बन्ने सपना बेजोडले आँखामा आईरहेका थिय भने अर्कोतिर कमाउन लाउर जाने प्रचलन गाँउभरी ब्याप्त थियो । छ महिना लाउर बसेर आउदाँ टेप रिकर्डर काधमा बोकेका तोरीलाउरेहरु लाई देख्दाँ मनमा कता कता मलाई पनि जाँउ कि क्या हो नभयको चै होईन तर उमेर सानै भयको र बा को आफु बेचियरै भयनि पढाउने रहरले गर्दा आज सम्म जान पाएको छैन त्यो लाउर ।

समयको अन्तराल र आँखामा हाकीम साब बन्ने सपना सजाउदै तिन कक्षा पाँस गरीयो । चार पाँस गर्न कुनै गाह्रो थियन , चार पनि पाँस गरीयो । केटो कक्षा पाँच पढने भयो ।

पाँच कक्षा पाँस गर्नु त्यती सजिलो र पाँस गरीहालीयो भनेपनि त्यो सानो तिनो उपलब्धी थियन । जिल्लास्तरीय परिक्षा पो थियो , पाँस गरीयो भने अर्को ठुलो स्कुलमा सरुवा भयर जान पाईन्थ्यो त्यो पनि निकै खुशीकै कुरा हुन्थ्यो ।

‘ अरे यार तँ घिमीरे जेठाको छोरा हैनस र ? ’

जिन्सको पाईन्ट र पहेलो कलरको भेष्ट लगायको वाकमेनमा गाना सुन्दै नर्सरी बाट आईरहेको एक तोरीलाउरे ले मलाई चिन्यो । म ट्वाल्ल परेर उसलाई हेरीरहे , मैले चै चिनेन । उ फेरी बोल्यो ‘ चिनेनस , म देउपुरे को छोरा प्रकाश हुँ , अस्ति आयको लाउर बाट , चण्डीगढ बस्छु । ’

ओहो आफ्नै मान्छे पो परेछन , घप्लक्कै हातमा घोप्टीय । नातामा दाजी पर्थे , नढोगी सुख्खै थियन । सामान्य भलाकुसारी भयो , चण्डीगढ यस्तो र उस्तो भनेर खुबै बयान गाए , मैले सुने मस्त ले । सुन्दाँ पनि जाँउ जाँउ भयो , तर सपना हाकीम बन्ने थियो ।

‘ कतिमा पढदैछस ? कि जान्छस र म सँग लाउर । ’

उनको प्रश्नको सिधै नाई भन्ने उत्तर म सँग थियन । खिस्स हासे अनि भने ‘ पढदैछु दाजी अनि उमेर पनि भयको छैन । ’

उनि हासे , नर्सरी नै रमाउने गरी हाँसे अनि भने ‘ म तेरा बा सँग कुरा गरुला । उमेर भैसकेको छ । तेरो उमेरमा त म एक्लै जाउ आउ गर्थे , तलाई लाने त म छदैछु नि । ’

उनका कुरा सुनेर मलाई पनि लाउर पस्ने सपना आँखामा आउन थाले , या हाकीम बन्ने या लाउर पस्ने । यि दुई सपना आँखामा नाच्न थालेसी गित गुन्गुनाउदै नर्सरीमा बाख्राका लागी स्याउला भाच्न थाले , प्रकाश दाई बाटो लागे । ‘ ………जाम कि क्या हो म पनि ला…हु..र , जाम कि क्या हो म पनि ला…हु….र ।। ’

जिल्लास्तरीय परिक्षा भनेकै अरु भन्दाँ अलि खर्च बढी लाग्ने वाला थियो । हुनेखाने घरका त यो बेला बिहान बेलुका ट्युसन जान्थे तर म बिहान बेलुका ग्वाला या घास दाउरा जानुपर्ने बाध्यता थियो । सरकारी स्कुल भयतापनि अनेकौ बहाना बनायर स्कुल ले मासीक स्कुल फि असुल्थ्यो , त्यो तिर्नै मुस्कील थियो अर्कोतिर जिल्लास्तरीय परिक्षा को परिक्षा फिस पनि अलि महंगो हुन्थ्यो । बा लाई घर धान्न गाह्रो भयको बेला हाम्रो स्कुल धान्न झनै धौ धौ थियो तर पनि बा ले त्यो अप्ठ्यारो भयको महसुस हाम्लाई हुन दिनुभयन । यि सबै कुरा सोच्दा त जुरुक्क उठेर लाउर पसौ झै लाग्ने तर हाकीम बन्ने सपनाको अगाडी ति दुख सामान्य लाग्न थाले ।

अघिल्लो दिन नर्सरीमा भेट भयका प्रकाश दाई एक दिन पछाडी हाम्रो घरमा झुल्कीय । बा ले बडो सम्मानका साथ गुन्द्री बिच्छ्याएर स्वागत गर्नु भयो । आमाले ढोग फर्काउदै भलाकुसारीमा लाग्नु भो । मलाई स्कुल जान ढिला थियो त्यसैले ढोग्देर म लागे स्कुल तिर ।

बाटै भरी मनमा प्रकाश दाई ले के भने , बा ले के भन्नु भो , मलाई लाउर खेद्ने योजना बन्यो कि हाकीम बनाउने । यस्तै यस्तै कुरा मनमा खेलाउदै स्कुलको समय सकियो , थकान ले लोत परेर घर फर्किय ।

‘ लाउर जान्छस र प्रकाश सँग । ’

स्कुल बाट घर भित्र छिर्नासाथ आमाले सोध्नु भयो , आमा खुशी हुनुहुन्थेन । मैले आमाको उत्तर नदिदै सोधे ‘ बा ले के भन्नु भो ? ’

‘ बा ले त हुन्न , पठाउदैन  भन्नु भाको छ तर उपाए के छ भन न ।  तिमीहरुको पढाईलाई भनेर मात्र पनि कति धेरै ऋण गरीयो । तैले कमाउने भैस भने तेरा भाईहरु पढन पाउछन तर पनि कर गरेको हैन , मैले त जा भन्छु । ’

आमाका कुरा सुनेर मेरा सपना तुहिने अबस्था देखे । तर आमाका कुरा जायज थिय , आदर्शले खान पुग्ने अबस्था थियन । आयस्रोत कतै थियन , थियो त बा को हिम्मत अनि मेरो सपना ।

‘ बा ले जा भनेपछि जान्छु नत्र जादैन । ’ मैले आमालाई सानो जवाफ फर्काए ।

मेरो सपना भनेकै बा लाई हसाउनु थियो । हिजो हाकीम बन्ने सपना बालाई सुनाउदाँ बा हास्नुहुन्थ्यो भने भोली म लाउर पस्दा बा को मुहारमा हासो आउछ भने म लाउरे बन्न नै तयार थिय ।

घरमा घासदाँउरा बाहेक अरु काम नगरेको र कसैको अण्डरमा नबसेको मँ लाउरमा गयर कसरी काम गर्ने भन्ने सोच्न पनि सकेको थियन । आमा ले जाँ भनिसकेपछि बा को मात्र निर्णय आउन बाकि थियो । मलाई थाहाँ थियो बा ले जाँ भन्नुहुन्न तर आबस्यकता जानुकै थियो । केही जागर थियन , केहि खान मन थियन । फिलिङ्ग सेण्टी मुडमा म थिय ।

बाहीर बा आउनु भयको संकेत भयो , खोक्दै आउनु भयको बा ले आउना साथ आमालाई बाहिर बोलाउनु भयो अनि सल्लााह गरौ भन्नु भो ।

‘ मलाई पठाउन मन छैन तेरो के बिचार छ ? ’

बा ले कुरा खोल्नु भो , आमाले सहमती जनाउदै जानै पर्ने अबस्था छ भन्नु भो । तर म केही बोलेन । घोसे मुन्टो लायर बसेको मलाई बा ले फेरी सोध्नु भो ‘ तरो बिचार भन , दुख चै हुन्न रे तलब भारु पाँच हजार हुन्छ रे । ’

हाकीम बन्ने सपना देखेको मलाई प्रकाश दाईको पछि लागेर चण्डीगढ जानु पर्ने भो । बा ले तलब का कुरा गरेसी बा पनि खुशी हुनुहुन्छ भन्ने सोचे अनि मौन समर्थन जनाउदै जुरुक्क उठे ।

‘ किन केही नबोली गयको ? जाने मन भय भोली बिहानै प्रकाश आउछ ल्याउन । ’ बा ले फेरी सोध्नु भो ।

‘ मन त छैन तर जान्छु । बा आमा र घरको खुशीका लागी लाउर पस्न तयार छु । ’

यत्ती भनेर म सुत्न गय , बा घर बाहिर जानु भो , आमा रुन थाल्नु भो । आमाको रुवाईले म पनि नरोई बस्न सकेन , बा सायद आसु लुकाउन बाहिर जानुभयको होला । भाईहरु सानै थिय उनिहरुले केही बुझेन्न ।

बिहानै सुर्के झोलामा दुई जोर कपडा र मकै भुटेको खाजा आमाले हाल्दीनु भो । बा ले गोजा बाट भारु तिन सय निकालेर दिनु भो । मन थाम्नै सक्ने अबस्था थियन तर हिम्मत लिदै प्रकाश दाईको पछि लागे लाउर तिर ।

सपना हरु टुटे , हाकीम बन्ने सपना देख्ने म आजभोली चण्डीगढको एक होटलमा ओस्ताद जि बनेको छु । भाडा धस्काएर टल्काउने पद बाट जागीर सुरु गरेको मेरो लाउर यात्रा आज सम्म आईपुग्दाँ नेपालको हाकीम जस्तै भयको छ ।