गोविन्द खड्का
घोराही, २४ कार्तिक । लिंगले विवाहको टुंगो लगाउँछ भन्दा धेरैले नाक खुम्चाउलान् । हैट, विवाह त्यसैका लागि गरीन्छ त ? सोधलान् । तर घोराही ११ का महाविर रोकाको अनुभुति सुन्दै जाने हो भने लिंगमा खराबी आए सम्वन्ध असफल हुन्छ ।

100_4761बैंस जोवन छँदा १४ बर्ष कतै अबरोध नआई चल्यो रोकाको परिवार । एक छोरा र छोरीको धनि थिए । सानो र सुखि परिवार । मजदुरी गर्ने रोका घाईते भए । ढाड भाँचियो । दिसा पिसाव गरेको पत्तो नहुने भयो । त्यसको ढाई बर्ष पुग्दा नपुग्दै टुंगियो सम्वन्ध । श्रीमती छोडेर अन्तै लागिन् ।
सन्चो हुन्छ कि ? भन्ने आशमा दुई बर्ष विताईन । त्यो समय उपचार बाटै नफर्किने वाद्यता आयो । कति सम्म कुर्नेहो टुंगो थिएन । पोखरामा उपचार हुन्थ्यो । घरमा के के कठिनाई थियो रोका अनविज्ञ छन् । मात्रै घरमा फर्किदा खाली कोठा थियो । एकजोर कपडाले पर्खिएका थिए । ‘आङमा लाएका एक जोर लुगमात्रै थिए’ रोकाले भन्नुभयो, ‘हारो– भारो, धन– पैसो, सबै सोहरेर भागि’ उनले निधार गाँठो  पारे ।

पिडा लाई आशुमा नदेखाउने उपाए हुनुपर्छ । ‘साहुले दिएको उपचार खर्च पनि गयो । केहिा पनि फोला परेन ।’ बजारमा भेटिएका उनले आफ्ना पिडाहरु चियाको घुट्को निल्दै सुनाए । आफ्नो छोडेर गएपछि जो पनि उनिहरुकै हुन्छन् । बुवाको मृत्यू पछि आमा अर्का संग विवाह गरीन् । उनीहरुकै भईन् । आफु एक्लिए ।

धेरै बर्ष अघि सल्यानको दार्मा बाट झेरेका रोका शुरुका दिनमा तुलसीपुरका डिल्ली बहादुर बस्नेतको मिलमा भान्से बनेर काम गरेको बताउछन् । त्यहि समयमा टिकरी तिर बाट विवाह भएको थियो । आफन्तको सल्लाहमा मिल छोडेर घोराही सरे । ‘यस्तै हो कर्मले कता कता लग्छ कता ?’ उतै बसेको भए मस्ति थियो । सायत यस्तो दुर्घटनामा नहुन पनि सक्थ्यो । ‘हुने हुनामी कस्ले जान्छ र ?’ आफ्नै तक्दिरमा खोट देखे । उनले कसैलाई आरोप लगाएनन् ।

बच्चाहरु पकाई खुवाउने जत्रा भएका छन् । छोरी दश बर्षको भयो त ईमान्दार छ पढाई लेखाईमा ध्यान पनि छ । छोराले भने आफ्नो मुठि बाट फुत्कि सकेको छ । दिनभरी बजार घुमेर खानेपीने खेर बोटल गर्छन् । छोरीले पकाई सघाई घर चलेको छ । जुटाएको पकाउने भाडा बर्तन धुने गर्छिन् । बजारमा घुमिरहेको धेरैले देखेका छन् । बास्तविकता सबैले नबुझेको हुन सक्छन् ।

अझ मन भित्रको बह त अर्को सम्म पुग्दे पुग्देन । ‘धेरै पटक भोकै बसेको छु’ रोकाले भन्नुभयो, दिएकोले गुजारा चलाउने राकाले थप्नुभयो, ‘तर कसैकोमा हात थाप्न गईनन् ।’ अपुग हुँदा ऋण दान पनि गर्दैनन् । ‘के मुखले माग्ने र ?’ रोकाले प्रश्न सोध्नुभयो, ‘भोलि तिरौला दिनुस भन्ने अबस्था भएपो काढ्नु ?’ साच्चै चोखो व्यवहार र ईमान्दारी वचन छ ।

आफ्नो जस्तो घटना नेपालमा दुई ठाउ मात्रै भएको कण्ठ गरेका छन् । पुर्वमा एक जनालाई यस्तै पर्दा उपन्यास लेखेर गुजारा चलाएका छन् । रोकाको भावना फुटेपनि आशुमा लेखिन्छ, कापिमा उतार्ने सिप छैन । उहिल्यै सात पढेको अहिले शब्द वाक्य मिलाउन सकिदैन । ‘व्याख्या पु¥याउन सकिन्न’ उनले भने, ‘भावना त आउछ ।’ ख्वै के के सम्झिए आखा रसिला बनाए । थप उपाए बताउदै फेरी सम्हालिए । लतार्ने घिसार्ने, डुलाउने मान्छे भए अलि सन्चो हुन्थे भन्ने लाग्छ त्यसको अर्थ सवै भन्दा नजिकको श्रीमति नै हो । उसले छोड्यो । अरु ठिक भए रोका मात्रै ह्रवीच चेयरमा घस्रीनु परेको छ । घरको वातावरण ठिक भए अहिलेका अबस्था रहने थिएन् । कम्तिमा शौच गर्ने सम्म सुधार हुन सक्थ्यो भन्ने लाग्छ । लिंगमा अहिले पनि पाईप लागेको छ । प्लाष्टिकमा पिसाव जम्मा हुन्छ । बुढिले मामाया गर्ने ठाउ“ रहेन ।

यति बेला रोकाको आयश्रोत कोहि मनकारी दयालुले वर्थडे, विवाह, पार्टि पुजा पाठ यस्तैमा हुने फजुल खर्चबाट बचाएको सहयोग हो । यसपालिको दशै खर्च काठेकोलका एक ईञ्जििनयरले चामल र मासु दिएका थिए । यस्तै हिड्दै गर्दा दया जाग्नेहरुले बजारमा थपिरहन्छन् । कसैले चिया नास्ता त कसैले चरकारी, दालचामल दिने गरेका छन् । त्यसबाहेक माग्न गएर लज्जीत हुन चाहान्नन् । धरैले कागज बनाएर ढोका ढोकामा पुग्ने सुझाव दिए । केहि व्यक्तिले यति नराम्रो गरी घृणा गरे त्यस पछि चटक्कै छोडे । त्यति साह्रै गिरेर प्रस्तुत हुन चाहेनन् । बरु भोकै बस्न तयार भए । ‘मनमा दया भएकाले उ पर पुगेपनि बोलाएर दिन्छ’ रोकाले अनुभव सुनाउनुभयो, ‘मनमा धर्म नभएकाले पड्किएर मरेपनि दिन्नन् ।’

उनको २८ सालको जन्म हो । अब कति बाँचिन्छ भन्ने उद्यो लाग्ने दिन गन्ति शुरु भएको छ । उम्लिदो बैस र बढ्दो जवानी सकियो । यतिबेला रोकालाई मस्तै दु:ख लाग्ने कुरा बासको छ । तातो ओच्छ्यान त १४ बर्ष अघि देखि छुटिसक्यो । आफ्नै बासको घिट्कीरोभने बाकि छ । कसै गरी आफ्नै घरमा मर्न सकियो भने जिन्दगीको ठुलो सफलता मान्ने छन् । तर बजार क्षेत्रमा सम्भबै छैन । अलि टाढा गएर बनाउन सकिने होईन । मासिक १२ सय भाडा तिरेर बस्न अब धेरैदिन सकिन्न । त्यति खर्चले दाल चामल आउने आशा गरेका छन् ।

पुर्खेउली सम्पती खोज्न जादा पनि तेरो कमाई देखा । यति ऋण तिरेपछि तैले अंश पाउछस् भन्छन् । जवाफ छैन । कहिले सम्म ह्रवीलचेयरमा वित्ने हो अनिश्चय छ । उनले श्रीमति यस्ते भएको भए व्यवारीसे छाड्दैन्थे । भाग्दैन्थे । बिरामी श्रीमती स्याहारेर टागा बनेर बस्थे बस्दैन्थे यसै भन्न सकिन्न । तर पनि उनि भन्छन् । ‘म यस्तो हुने ठाउ“मा त्यो भैदिया भए दाया बाया गर्ने थिईन ।’ उनले थपे ‘जुरुक्क उठेर गैगो सकिगो । मलाई भए ठाना कचरी, उजुरी महिला समुह सबै लागेर बेहाल पार्थे ।’ रोकाका अनुसार, अरु त विर्सि सकियो । बास छैन, दिमाग खराब हुन्छ ।