काठमाडौं, २४ कार्तिक । नेकपा एमालेले अब हुने चुनावको तयारीस्वरूप देशव्यापी रूपमा कार्यकर्ता भेला र कार्यक्रमलाई तीव्र पारेको छ । चार महिनासम्म सञ्चालन हुने अभियानमा केन्द्रबाट शीर्ष नेताहरू जिल्ला र प्रदेशमा पुगेका छन् ।

%e0%a4%a8%e0%a5%87%e0%a4%95%e0%a4%aa%e0%a4%be-%e0%a4%8f%e0%a4%ae%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%a8%e0%a5%87%e0%a4%a4%e0%a4%be%e0%a4%b9%e0%a4%b0%e0%a5%81विशेष गरी भावी चुनावका लागि अभियान सञ्चालन गरेपनि एमालले यो अभियानलाई संविधान कार्यान्वयनका लागि दवाव स्वरुप भएको दावी गरेको छ । एमालेमा प्रमुख नेताहरूको व्यस्तता अहिले राजधानीमा भन्दा बढी जिल्ला र प्रदेशतिर बढी हुन थालेको छ ।

तिहारलगत्तै जनकपुरमा बृहत् सभा गरेको एमालेले मंगलबार धनगढीमा शीर्ष नेताको उपस्थितिमा अगुवा कार्यकर्ता भेला सुरु गरेको छ । जनकपुरको कार्यक्रममा केन्द्रबाट वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपालसहित स्थायी समितिका अधिकांश नेता पुगेका थिए । धनगढीको भेलाका लागि हिजो मात्रै अध्यक्ष केपी ओली र नेता माधवकुमार नेपाल त्यसतर्फ गएका छन् । अन्य केन्द्रीयस्तरका नेताहरू पनि जिल्ला र प्रदेशमा परिचालित छन् ।