काठमाडौं, २४ कार्तिक । उत्तरतिर खासै मन नपराउने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक चीन नीतिप्रति नेपाल सरकार र आफ्नो पार्टी पूर्ण प्रतिबद्ध रहेको बताएका छन्। गोवामा भारतको सत्ताधारी दल भारतीय जनता पार्टीसँग नजिक मानिने इन्डिया फाउन्डेसनले आयोजना गरेको सेमिनारमा उनले यस्तो बताएका हुन् ।

sher_bdr_deubaसभापति देउवाले निर्वासित तिब्बतीहरुको सरकारका प्रधानमन्त्री पनि आमन्त्रित भएपछि चीनको अप्रशन्नताबारे अड्कलबाजी भइरहँदा देउवाले दिल्लीमा यस्तो प्रतिबद्धता जनाएका हुन् ।

‘म तीनपटक प्रधानमन्त्री भइसकेको व्यक्ति हुँ। म, मेरो पार्टी र नेपाल सरकारको पूर्ण प्रतिवद्धता छ एकचीन नीतिप्रति’, उनले भने । उक्त गोष्ठीमा दलाइ लामा वा तिब्बती कुनै पनि विद्रोही नेताहरुसँग आफ्नो भेट नभएको उनले स्पष्ट पारे।