रुपन्देही, २४ कार्तिक । रुपन्देहीमा विद्युत चोरी गरेको भन्दै प्रहरीले ७५ जनालाई पक्राउ गरेको छ ।

20160531121735-electricity-hookनेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका उपप्रबन्धक मुनिन्द्र ठाकुरका अनुसार मर्चवार, लुम्विनी र धकधई क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुबाट १४ लाख बक्यौता असुल उपर गरिएको केन्द्रले बताएको छ । रुपन्देहीका सीमा क्षेत्रमा विद्युत चोरीका घटना बढी हुने गरेका कारण कारवाहीको अभियान चलाउनु परेको केन्द्रले जनाएको छ ।