इन्द्रेणी संवाददाता
तुलसीपुर, २३ कार्तिक । दाङको तुलसीपुरमा सञ्चालित क्लीन तुलसीपुर ग्रिन तुलसीपुर अभियानअन्तर्गत आज वाह्रौ हप्ताको सरसफाइ कार्यक्रममा सासंद अनारकली मियासमेतको सहभागीता रहयो ।

clean1अभियानलाई सुरुवात गर्दैै सासंद मियाले क्लिन तुलसीपुर ग्रिन तुलसीपुर सरसफाई अभियानले देश व्यापीरुपमा सकारात्मक सन्देश प्रवाह गरेको बताइन् । सामुहिक काममा सवैले हातेमालो गर्नुपर्ने भन्दै उनले नकारात्मक टिप्पनी गर्नुभन्दा सकारात्मक कामलाई सवैले सहयोग गर्नुपर्ने धारणा राखिन् ।

तुलसीपुर उद्योग वाणिज्य संघ र तुलसीपुर नगरपालिकाको मुख्य आयोजनामा शुरु भएको अभियानको वाह्रौ हप्ताको सरसफाई कार्यक्रमअन्तर्गत मंगलवार ‘ग’ लाईनमा सचेतनासहित सम्पन्न गरिएको अभियानका संयोजक एवं तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले जानकारी दिए ।

सरसफाइ अभियानमा नेपाली सेना,नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न टोल विकासका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, व्यावसायीलगायतको सहभागीता थियो ।