काठमाडौं, २३ कार्तिक । भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका सभपाति शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।

sher-bahadur-deuba-and-narendra-modiदेउवाले आज मंगलबार प्रधानमन्त्री कार्यालय पुगेर मोदीसँग भेटवार्ता गरेका हुन् । दुई नेताबिच नेपाल भारतको सम्बन्धबारे कुराकानी भएको बताइएको छ । इण्डिया फाउण्डेशनले गोवामा आयोजना गरेको कार्यक्रममा सहभागी हुन देउवा १९ गते भारत गएका हुन् ।

भारतमा रहँदा उनले जवारालाल नेहरु विश्वविद्यालयले आयोजना गरेको विशेष कार्यक्रममा सहभागी भएका थिए ।