वासिङ्गटन, २३ कार्तिक । अमेरिकाको राष्ट्रपतिको चुनावका लागि पृथ्वीबाट चार सय किलोमिटर टाढाबाट पहिलो मत खसेको छ । अमेरिकन अन्तरक्षीए एजेन्सी नासाका अन्तरीक्षयात्री शेन किम्ब्राउजले अन्तरराष्ट‍्रिय अन्तरीक्ष स्टेशन (आईएसएस) बाट आफ्नो भोट हालेका हुन् ।

america-1शेन १९ अक्टोबरमा कजाकिस्तानको ब्याकानुरबाट रूसी सोयूज रकेटमार्फत अन्तरिकक्षका लागि प्रस्थान गरेका थिए । किम्ब्राउज चार महिनासम्म अन्तरिक्षमा रहनेछन् । सन् १९९७ को टेक्सास ल अनुसार अन्तरीक्षयात्रीले पनि अमेरिकी राष्ट‍्रपतिको चुनावमा मत हाल्न सक्ने व्यवस्था छ।

समाचार अनुसार नासाका धेरैजसो अन्तरीक्षयात्री ह्युस्टन इलाकाका रहेका छन् । सन् ९१९७ मा अन्तरीक्षबाट भोट गर्ने पहिलो अमेरिकी अन्तरीक्षयात्री डेभिड वोल्फ रहेका थिए । उनले रूसी अन्तरीक्ष स्टेशन मीरबाट भोट हालेका थिए । तर वोल्फले यो भोट स्थानीयस्तरको निर्वाचनमा हालेका थिए । चुनावमा सर्वेक्षणमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टन र रिपब्लिकनका डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्दामा छन् ।