इन्द्रणी संवाददाता
दाङ, २३ कार्तिक । उर्जामन्त्री जनर्दन शर्मा प्रभाकरले नेपालका ठूला शहरलाई लोडसेडिङ मुक्त गर्न सरकारले कार्ययोजना बनाउन लागेको बताएका छन् । आज तुलसीपुरमा रिपोटर्स क्लव दाङले आयोजना गरेको साक्षत्कार कार्यक्रममा शर्माले यस्तो बताएका हुन् । ‘काठमाडौंमा अहिले भइरहेको प्रयास योजनाको परीक्षण हो’, शर्माले भने, ‘यो अभ्यास सफल भएपछि विस्तारै अन्य ठूला शहर पनि लोडसेडिङ मुक्त हुन्छन् ।’
जलस्रोतको धनी देश हुँदाहुदै पनि लोडसेडिङको मार खेप्नु लज्जास्मत भएको उल्लेख गर्दै मन्त्री शर्माले यस्ता दिनको अन्त्य गर्नका लागि प्राविधिक समिति गठन गरी अध्ययन शुरु गरिसकेको जानकारी दिए । निलम्वित अख्तियार प्रमुख लोमानसिंह कार्की विरुद्धको महाअभियोगको प्रशंगमा मन्त्री शर्माले कार्कीले देशमा आतंक मच्चाउन खोजेकाले महाअभियोग लगाएको बताए ।
यसक्रममा तुलसीपुर उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा वोल्दै मन्त्री शर्माले व्यवसायीहरुको सवृद्धिका लागि आफुहरु लागि परेको भन्दै उर्जा मन्त्रालयले देश भरी लोडसेडिङ मुक्त गर्न अभ्यास सुरु गरी सकेको जानकारी दिए ।
भेटमा संघका पदाधिकारीहरुले ज्ञापनपत्र वुझाउदै तुलसीपुरको ऐरपोर्ट नियमिति संचालन र इन्धन डिपो स्थापना, लोडसेडिङको दर्घकालिन रुपमा व्यवस्थापन यस्तै हापुरेदेखि तुलसीपुर तथा दुधराससम्मा विस्तार हुँन लागेको १३२ केभिएको प्रशारण लाइन विस्तारका लागि काम अविलम्व काम सुरु गर्र्नुपर्ने लगायतका मागहरु राखेका थिए ।
